News Desk
नेपालको ‘क’ वर्गको पर्यटन जिल्ला दोलखा भिमेश्वर नगरपालिका वोडा न. ७ मा नेपाली चलचित्र क्षेत्रकै तथा विश्वमै पोहिलो पटक आम कलाकर्मीको आफ्नै फिल्मी रंगशाला तथा सम्पूर्ण ऐतिहासिक गतिविधि समेटिएको संग्रहालय निर्माण कार्य पाराम्भ भएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्टर्स फ्रेडेसन (विश्व कलाकार माहासंघ) ले संयुक्तरूपमा निर्माण गर्न लागेको देशकै गौरव बोकेको फिल्मी रंगशाला तथा ऐतिहासिक संग्रहालयको लागि हाल अमेरिकामा अध्यापन गर्दै आएका नवराज सुवेदीले सहयोग गर्ने भएका छन् ।
उनले फिल्म रंगशालाभित्र निर्माण गरिने ३०१ कोठा मध्ये १ कोठाको सौजन्य गर्ने र उक्त ऐतिहासिक संग्रहालय तथा फिल्म जगतको एक मात्रै रंगशाला निर्माण सम्पन्नको कामना गर्दै रंगशाला भित्र रहने एउटा कोठा निर्माणको लागि आफ्नो टिमको तर्फबाट ४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विगतमा थुप्रै विश्वविद्यालयमा अध्यापन गराएका सुवेदी राष्ट्रिय पुँजीपति निर्माण गर्न एकमात्र पुँजीबजारलाई राष्ट्रिय एंव अन्तर्राष्ट्रियस्तरको आफ्नै नेतृत्वमा सफल बनाएको अर्थविज्ञ एवं सेयर विज्ञ तथा विभिन्न सामाजिक संघ संस्था मार्फत समाजसेवामा बाल्यकालदेखि नै सक्रिय छन् । छिटै स्वदेश फर्केर आफुले आर्जन गरेका ज्ञान, सीप र अनुभव देश निर्माणमा खर्चिन उसाहित सुवेदीले राष्ट्रको गौरव यस संग्रहालयमा सहयोग गर्न पाउँदा आफूलाई गौरव लगेको बताउँछन् ।
संस्थाले हाल निर्माण अभियान शुरु गरिएको र रंगशालाको प्यारापिटभित्र निर्माण गरिने संरचनाको निर्माण तयारी शुरु भएको र थप आर्थिक सहयोग चाहिने भएकाले मनकारी सहयोगी दातासँग सहयोगको अपेक्षा राखेको छ । विश्वको जुनसुकै स्थानबाट पनि सिधै बक्स अफिस इन्टरनेसनल ग्रुपको ग्लोबल आइएमइ अनामनगर काठमाडांैको बैंक खाता नं. ३९०१०१००००५०५ मा सकारात्मक सहयोग आउनेमा विश्वस्त रहेको संस्थाका अध्यक्ष आरके सुवेदीले जनाएको छ ।
अध्यक्ष सुवेदीले सकारात्मक सोचका धनी नेपाल, नेपाली र आफ्नो भूमीलाई माया गर्ने शेयर बजार दुनियाँको विज्ञ, समाजसेवी नवराज सुवेदीलाई हृदयदेखि नै समस्त कला, साहित्य, गित, संगित र खेलकुद समस्त सुन्दर भूमी दोलखा जिलाको तर्फबाट धन्यवाद प्रकट गरेका छन् । अध्यक्ष सुवेदीले भने, ‘भविष्यका दिनहरुमा पनि यस ऐतिहासिक रंगशाला तथा संग्रहालयको निर्माण अभियानमा जसरी विदेशी भूमीमा बसेर निःस्वर्थ सहयोग र सद्भाव राख्नुभएको छ, त्यसैगरी राष्ट्र निर्माणमा पनि उत्तिकै योगदान निरन्तरता पाउने गहिरो विश्वस गर्दै तपाईंको सु–स्वास्थ्य दिर्घ जिवनको कामना गर्दछौं ।’