News Desk
काठमाडौं - माघ २३
काठमाडौं, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक अंगमा गरेको नियुक्तिसहित मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवासँग पछिल्लो अवस्थाबारे छलफल गनुपर्र्ने भनिसकेको उल्लेख गर्दै नेता पौडेलले संवैधानिक अंगमा भएको नियुक्तिसहितका विषयमा स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिएका हुन्।
‘पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ,’ पौडेलले ट्विटमा लेखेका छन्, ‘मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर आवश्यक छलफल गर्न भनेको छु।’
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि निर्वाचन कि पुनःस्थापना भन्नेमा कांग्रेसले केही बोलेको छैन। सोही विषयमा धारणा बनाउन पुस ७ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक स्थगित हुँदै बस्दै गरेर ३६ दिनपछि माघ १३ गते सकिएको थियो। नागरिक दैनिकबाट