गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलः विदेशी विज्ञ टोली नआउँदा काम प्रभावित
News Desk
Feb-08 , 2021 तारिख 02:07 बेलुका

काठमाडौं - माघ २६

काठमाडौं, भैरहवास्थित गौतम बुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ । 

उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड १९ का कारण चीन, थाइल्याण्ड, अमेरिका, अष्ट्रिया, युकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो ।

यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुनिता कार्कीले लेखेकी छिन् ।

Related Post