युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित
News Desk
Feb-11 , 2021 तारिख 12:55 बेलुका

काठमाडौं, २९ माघ - युवा उद्यमी एवम सामाजिक अभियन्ता पृथविन्दु महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित भएकी छिन् । राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको माघ २५ को मन्त्रीस्तरिय निर्णयबाट उनले उक्त जिम्मेवारी प्राप्त गरेकी हुन।  राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ५, उपदफा १ ङ बमोजिम उनी लगायतका युवाहरु समेतलाई उक्त जिम्मेवारी  दिइएको छ ।  

को हुन महर्जन ? 

पाटनबासी पृथविन्दु महर्जन महिला उद्यमी एवम सामाजिक अभियन्ता हुन । हस्तकला व्यवसायमा संलग्न  उनी राजनीतिक  एवम  सामाजिक अभियानहरुमा पनि सकृय रुपमा लाग्दै आएकी छिन् ।  महर्जन नेपाल चेम्बर अफ कमर्श अन्तर्गत नेपाल महिला चेम्बरको कार्यकारीणी सदस्य समेत हुन ।

Related Post