कोरोना परीक्षण शुल्क घट्यो
News Desk
Feb-11 , 2021 तारिख 01:53 बेलुका

काठमाडौँ - माघ २९ 

काठमाडौँ, स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार  सरकारी  अस्पतालमा  मात्र निःशुल्क  हुने जनाएको  छ

निजी क्षेत्रको  अस्पतालमा  समेत  कोरोना परीक्षणको शुल्क घटेको छ । सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ  घट्न  थालेपछि  मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा मात्र निःशुल्क हुने  स्पस्ट पारेको हो । 

अबदेखि निजी  क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।

गौतमका  अनुसार  मन्त्रालयले कारोना  परीक्षणको  शुल्क  पनि  दुई हजारबाट  घटाएर एक हजार मात्र पु¥याएको छध्र अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा एक हजार  तिर्दा हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढङ्गेलले लेखेका छन् ।