माननीय छिरिङ दोर्जे लामाद्वारा चाबहिल चुच्चेपाटीको दिदीबहिनी महिला भवन तथा पार्क उद्घाटन
News Desk
Feb-13 , 2021 तारिख 05:48 बेलुका

१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित चावहिल चुच्चेपाटीमा महिला भवन तथा पार्क उद्घाटन गरिएको छ ।काठमाडौं महानगरपालिका वडा नं. ६, बागमति प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको सहयोग र दिदि बहिनी महिला समुहको संयोजनमा निर्माण भएको दिदि बहिनी महिला समुह भवन तथा पार्क उद्घाटन गरिएको हो ।

आज एक कार्यक्रमकाबिच वागमति प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस दलका सचेतक छिरिङ दोर्जे लामा र वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामाले महिला भवन तथा पार्क उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वागमति प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस दलका सचेतक छिरिङ दोर्जे लामाले भवन र पार्क निर्माणमा महिला समुहले खेलेको भूमिकाको प्रशंसा गर्नु हुँदै समुहले आगामी दिनमा महिलाको विकासका लागि काम गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले महिला विकासका लागि सहयोग गर्न वडा सँधैं तत्पर रहेकोमा जोड दिनु हुँदै सहकार्यका लागि आग्रह गर्नु भयो । उहाँले वडा नं. ६ मा रहेका लालपूर्जा नभएका वस्तिका लागि व्यवस्थित रुपमा लालपूर्जा हस्तान्तरण प्रक्रियाका लागि वडाले सक्दो पहल गरिरहेको बताउनु भयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वशन्त लामाले स्थानीय क्षेत्रको विकासका लागि सहयोग गर्न समितिसँधै अग्रसर भईरहेको बताउनु भयो ।

कार्यक्रममा दिदि बहिनी महिला समुहका अध्यक्ष गीता लामाले महिला भवन तथा पार्क निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गनुृ भयो ।बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वशन्त लामाले स्थानीय क्षेत्रको विकासका लागि सहयोग गर्न समितिसँधै अग्रसर भईरहेको बताउनु भयो । कार्यक्रममा दिदि बहिनी महिला समुहका अध्यक्ष गीता लामाले महिला भवन तथा पार्क निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समतिका सदस्य माया डोल्मा लामा, वडा नं. ६ का वडा सदस्यहरु नरेन्द्र कुमार थापा (भगवान), जयराम पुडासैनी, कमला बयलकोटी, लक्ष्मी श्रेष्ठ, चुच्चेपाटी गुठीका अध्यक्ष दिनेश लामा, अजिमा कन्स्ट्रक्सनका प्रोपाइटर रामकाजी लामा, समाजसेवी श्याम खतिवडा, दिदि बहिनी महिला समुहका संस्थापक तथा पूर्व अध्यक्ष यशोदा लामा, नेपाल महिला संघ काठमाडौं वडा नं. ६ का सभापति जानुका भण्डारी लगायत उल्लेख्य संख्यामा महिलाहरुको उपस्थिती रहेको थियो ।

Related Post