News Desk
काठमाडौँ, टोखा नगरपालिका वडा नं ७ मा रहेको साउथवेस्टर्न मार्गमा सरस्वतीको मन्दिरको शिलन्यास भएको छ ।
साउथवेस्टन स्कुल, कलेज, साउथवेस्टर्न मार्ग टोल विकास संस्था साथै समाजको विषेश सहयोगमा उक्त सरस्वतीको मन्दिर निर्माण गर्नको लागिएको हो ।
टोखा नगरपालीका वडा नं. ७ का अध्यक्ष नरोत्तम राणाले श्रीपञ्चमीको अवसर पारेर मन्दिरको शिलन्यास गर्नु भयो । उत्त मन्दिर एक महीना भित्रका काम सम्पर्न गर्ने गरी आजैको दिनवाट सुरु हुने साउथवेस्टर्न मार्ग टोल विकास संस्थाका संस्थापक अध्यक्ष हरि सिंह केसीले जानकारी दिनु भयो । उक्त कार्यक्रममा स्कुल कलेज तथा अन्य समाजका विभिन्न व्यक्तिवहरुको उपस्थिति रहेको थियो ।