जेसिजद्वारा नवनिर्मित ढुङ्गेधाराको मेयर न्यौपानेले गरे उद्घाटन
News Desk
Feb-19 , 2021 तारिख 12:40 बेलुका

 

तनहुँ/जिल्लाको सदरमुकाम दमौली, ब्यास-३ स्थित अनशनचौतारी खेलमैदान नजिक जिल्ला अस्पताल जाने गेटसँगै निर्माण गरिएको उक्त नव निर्मित ढुङ्गेधाराको उद्घाटन ब्यासनगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका हुन्। ढुङ्गेधाराको पानी पिएर उद्घाटन गर्दै शुभकामना मन्तब्य व्यक्त गर्ने क्रममा नगर प्रमुख  न्यौपानेले जेसिआईका सम्पुर्ण युवाहरु सामाजिक र विकासको गतिमा अग्रसर भैरहेको रहे  धारा निर्माण गरि उदहारणीय कार्य गरेको प्रति आफू अतिनै हर्षित भएको बताए । जेसिआई ब्यास नगरले विकासका विभिन्न खाले कार्यहरुमा सक्रियता र रचनात्मक कार्य गरेको भन्दै प्रसंसा समेत उनले गरे। शुद्धीकरण सहितको ढुङ्गे धारा निर्माण हुदाँ यस क्षेत्रको सोभा बढनुका साथै वडाको थप सौन्दर्य समेत बढाउने काम भएको बताए ।उद्घाटनका क्रममा बोल्दै ब्यास नगर प्रमुख न्यौपानेले विगतका समयमा बाटो बाटोमा पानीको घैटो सहितको धर्मशालाहरु राखेर धर्म कमाउने पुर्खाहरुको चलनको स्मरण गराउदै बाजे र पुर्खाहरूले गरेको महत्वपूर्ण कार्यको अनुशरण हुनु स्वागतयोग्य र महत्त्वपूर्ण कार्य भएको बताए । नगर र जिल्लाको विकासकालागि सम्पुर्ण युवा शक्ति एक भएर आत्मसात गर्दै उनीहरूको अनुसरण गर्दै विभिन्न समयमा विभिन्न तरिकाले सहयोग र साथ समर्थन गर्दै हातमा हात काँधमा काँध मिलाएर अगाडि बढ्नुको विकल्प नरहेको पनि उनले औल्याए। व्यास नगर जेसिआईले विभिन्न समयमा साथै     लकडाउनका समयमा विभिन्न क्षेत्रका अति विपन्न असाहा वर्गहरुलाई राहत वितरण, लत्ताकपडा ,पिउने पानी ,फलफुल वितरण गरि उदाहरणीय कार्य गरेको भन्दै रचनात्मक कार्यको प्रसंसा समेत गरे। नगरप्रमुख न्यौपानेले जेसिआईका महत्त्वपूर्ण विकास निर्माण र रचनात्मक सक्रियता र निरन्तरतामा नगरपालिकाको साथ र सहयोग सदैव रहने उनले बताए ।

वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले ढुङ्गे धाराले समग्र वडा नम्बर ३ मात्रै नभएर सदरमुकामको सौर्न्दर्य फेरिएको बताए ।विकास निर्माणमा जेसिआई ब्यासनगरको उल्लेखनीय र महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै खुसी ब्यक्त गरे।

जेसिआई ब्यास नगरका पुर्व अध्यक्ष सुरेश पुरीले कार्यक्रमको स्वागत मन्तब्यका क्रममा मानवताको सेवाका लागि जेसिआई ब्यासनगर हरदिन दत्तचित्त भई सधै अग्रसर भएर लागि रहेको बताए ।

उक्त कार्यक्रमको शुभकामना मन्तब्यका क्रममा वडा सदस्य रविन पौडेलले अस्पताल जाने तथा विभिन्न सभा समारोहमा आउने सहभागी र वटुवाहरुका लागि पिउने पानीको अभाव नहोस् भन्ने मन्सायले हामी क्रियाशील भएको वताए ।उनले वडाको समग्र विकास निर्माणका कार्यमा हामी साथमा छौ उनले भने।सेवा नै धर्म भएको वताउदै वडा सदस्य पौडेलले सामाजिक र सिर्जनात्मक कार्यकालागि कुनै पनि समय हाजिर भई  एकता, सद्भाव र अनुकरणीय कार्यमा प्रत्येक तह र तप्काकाका युवाहरु हातमा हात साथमा साथ मिलाएर हिड्नु पर्नेमा जोड् दिए।

यसैगरी ,कार्यक्रमका सभापति ब्यास नगर जेसिआईका अध्यक्ष लक्ष्मीभक्त खनालले जेसिआई ब्यासनगरले समाजमा सुशासनकालागि ,लोकतान्त्रिक पद्धति , मूल्य र मान्यतालाईआत्मा साथ गर्दै विपन्न र असायहरुको सेवामा निरन्तर अहोरात्र हरदम लागिरहने बताए । उनले जेसिजले समाजमा भए गरेका विकृति,विसंगतिका विरुद्धमा हरपहर लागिरहने बताए। उनले जेसिजले सामाजिक हित ,लोककल्याणकारी कार्यमा सक्रियता प्रस्तुत गर्दै शुद्धीकरण सहितको ढुङ्गेधारा निर्माण गरिएको बताए । सुशासनकालागि सधै सचेत र चनाखो रहने जेसिज सामाजिक क्षेत्रमा रचनात्मक र उदहारणीय कार्य गर्ने प्रतिवद्दता ब्यक्त गरे। कुल ३ लाख२० हजारको लागतमा उक्त ढुङ्गेधारो निर्माण गरिएको समेत अध्यक्ष खनालले जानकारी दिए।

Related Post