पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव
News Desk
Feb-19 , 2021 तारिख 07:34 बिहान

काठमाडौं - फागुन ६

काठमाडौं, नेपाल  घुम्न  आउने पर्यटकका लागि चौबिसै   घण्टा पर्यटकीय बजार खोल्नुपर्ने नेपाल  पर्यटन  बोर्डले  प्रस्ताव अघिसारेको छध्र सीमितअवधिका  लागि  मात्र बजार  खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।

'राति आठ बजे नै होटलभित्र प्रवेश गर्नुपरेपछि  पर्यटकले  नेपाल कति घुम्न सक्छन् ?’ उनले  भने,'अब चौबिसै घण्टा पर्यटकीय बजार खोलौँ । ’ कोरोना  सङ्क्रमणको  परिस्थितिमा  विगत एक  वर्षमा  बोर्डले  गरेका  काम  सार्वजनिक गर्न बिहीबार आयोजित  कार्यक्रममा  उनले  पर्यटक भित्र्याउन   क्वारेन्टिन बाधक   भएको स्पष्ट पारे ।

परिस्थिति सामान्य भइसक्दा पनि नेपालमा अन्तर्राष्ट्रियको उपस्थिति शून्यजस्तै भएकाले सरकारले पर्यटक  भित्र्याउने  सहज बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो ।

सामाजिक दूरी पालना गर्ने,मास्क लगाउनेजस्ता  नियमलाई  थाँती  नै  राखेर  पाँच दिन क्वारेन्टिन बस्नैपर्ने बाध्यता भने हटाउनुपर्ने उनले  बताए । विश्वका  विभिन्न  देशले विस्तारै  अन्तर्राष्ट्रिय  पर्यटकका  लागि  खुला गरेको  अवस्थामा  नेपाल  अब  पछाडि  पर्न  नहुने उनको  भनाइ  थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

धेरै पढिएको