राससकर्मी अच्युत रेग्मी सम्मानित
News Desk
Feb-19 , 2021 तारिख 10:06 बेलुका

 

काठमाडौँ, ७ फागुन । राष्ट्रिय समचार समिति (रासस) का समचारदाता अच्युत रेग्मी सम्मानित हुनुभएको छ । 

राससको ६० औँ वार्षिकोत्सव एवम् हिरक वर्ष प्रवेश समारोहका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकार रेग्मीलाई सम्मान गरिएको हो । 

६ वर्षदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत रेग्मी रासस बागमती प्रदेशमध्येको समचार लेखनमा उत्कृष्ट समचारदाता घोषित हुनुभएको थियो । 

उहाँलाई रु १५ हजार नगद राशीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सम्मान गर्नुभएको हो ।

Related Post