भारतबाट पनि सरकारी तहमै मल खरिदको प्रस्ताव
News Desk
Feb-23 , 2021 तारिख 07:34 बिहान

काठमाडौं - फागुन ११

काठमाडौं, बङ्गलादेशबाट  जीटुजी  सम्झौताबाट  मल ल्याउने प्रक्रिया सुरु भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले भारतबाट पनि जीटुजी (सरकार–सरकार) सम्झौताकै माध्यमबाट रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको छ ।

कृषि   मन्त्रालयले   परराष्ट्र   मन्त्रालयमार्फत   भारतलाई सम्झौतापत्रको   मस्यौदा   पठाइसकेको मन्त्रालयका सचिव  डा.योगेन्द्र  कार्कीले  जानकारी  दिए ।

कृषि  मन्त्रालय  परराष्ट्र  मन्त्रालयले  फागुन  ५  गते सम्झौतापत्रको मस्यौदा पठाएको थियो भने परराष्ट्र मन्त्रालयले  फागुन  ६  गते  भारतलाई  सो  पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

नेपालले  भारतसँग  पहिलो  चरणमा  तीन वर्षका  लागि  सम्झौता  गर्न  प्रस्ताव  गरिएको कृषि  मन्त्रालयका  वरिष्ठ  अधिकृत  गङ्गादत्त आचार्यले  बताए ।

तीन  वर्षका  लागि सम्झौता  भएअनुसार  मल  ल्याउन  सफल  भयो भने  अर्को  चरणमा  पाँच  वर्षका  लागि  सम्झौता गर्ने उनले बताए ।

सुरुको वर्ष दुई लाख माग गर्ने त्यसपछि वर्षैपिच्छे  बढाउँदै  जाने र पाँच  लाख  मेट्रिक टनसम्म  मल  भारतबाट  ल्याउने  सम्झौतापत्र मस्यौदामा  उल्लेख  गरी  प्रस्ताव  गरिएको  उनले  जानकारी  दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

धेरै पढिएको