नागरिक समाज भक्तपुरद्धारा विद्यालयमा अनुगमन
News Desk
Feb-25 , 2021 तारिख 02:24 बेलुका

 

भक्तपुर/नागरिक समाज संजाल भक्तपुरले विद्यालयमा अनुगमन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं०६ मा रहेकाे ताैथली आधारभुत विद्यालय र श्री कालिका माध्यमिक विद्यालयमा अनुगमन गरि सार्वजनिक विद्यालयकाे शाैक्षिक गुणस्तर सुधार गर्न सुझावहरु प्रदान गरिएको छ  । अनुगमनकाे क्रममा विद्यालयकाे शैक्षिकअवस्था, आर्थिक अवस्था, भाैतिक पुर्वधार, व्यवस्थापकिय पक्ष, स्वास्थ्य मापदण्डकाे अवस्था, लगायत पक्षहरुकाे बारेमा स्थलगत अनुगमन गरि विद्यालयका प्रधानध्यापक,शिक्षक शिक्षिकाहरु,बालक्लबका प्रतिनिधिहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरुसँग भेटेर छलफल गरि प्रश्न उत्तर गरिएकाे थियाे । स्थगत अनुगमनकाे क्रममा देखिएका राम्रो अभ्यासहरु अनुसरण गर्दै यहि अवस्थालाई जाेगाईराख्न सुझाव दिईएकाे थियाे भने सुधार गर्नुपर्ने पक्षहरुमा विद्यार्थीहरुकाे संख्या बढाउनु पर्ने, स्वास्थ्य मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने, शाैचालय कक्षा काेठाहरु पुर्ण रुपमा सरसफाइ हुनु पर्ने, खानेपानीकाे राम्रो व्यवस्थापन हुनु पर्ने, कम्पाउण्ड वाल लगाउने पर्ने,कर्मचारी र शिक्षक दरबन्दी बढाउनु पर्ने, विद्यार्थी सिकाई उपलब्धिहरु टास्नु पर्ने, सुचनापार्टिकाे व्यवस्था हुनु पर्ने, सम्बन्धि निकायहरुले अनुगमन गर्नु पर्ने, व्यवस्थापन समिति र अभिभावकहरु बिच छलफल बैठक हुनुपर्ने लगायतको  विषयमा सुझावहरु नागरिक समाजबाट दिईएकाे थियाे भने उक्त अनुगमनकाे प्रतिवेदन स्थानीय तहलाई एक कार्यक्रमका बिच बुझाउने गरि अनुगमन सम्पन्न गरियाे, उक्त अनुगमन कार्यक्रमकाे आवश्यक समन्वय मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेकाे थियाे  ।

Related Post