मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
News Desk
Feb-28 , 2021 तारिख 06:35 बिहान

 


 अन्जनराज न्यौपाने 
तनहुँ ,फाल्गुन १५-  तनहुँ सदरमुकाम दमौलीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।  शनिबार  राती ८:३०बजेको समयमा ब्यास न.पा.१ बुल्दिपुल स्थित पृथ्वीराजमार्गमा ग.१९ प २७३ न.को मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टदा मोटरसाईकल चालक बिबेक थापा मगरको मृत्‍यु भएको हो ।  दमौलीबाट घाँसिकुवातर्फ जादै गरेको अवस्थामा तनहुँ ब्यास न.पा.२ मालेबगर बस्ने बर्ष २२ का मगरको घटना स्थलमै मृत्यु भएको हो।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनिल पाण्डेका अनुसार मृतक थापाको  टाउकोमा गम्भीर  चोट लागेको  अबस्थामा भेटिएको र उनलाई उपचारका लागि  दमौली स्थित  जिल्ला अस्पताल दमौली लगेकोमा ८ बजेर ५० मिनेटको समयमा  डक्टरले मृत घोषणा गरेको थियोे ।
 
सोही मोटरसाइकलमा पछाडी सवार ब्यास-२  बस्ने  बर्ष २० की रजनी गुरुङको बाहिरी चोट नदेखीएको  र  अवस्था भने  सामान्य नै रहेको छ ।  उनको  रत्नहरी अस्पताल -४ दमौलीमा उपचार भैरहेको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।