विप्लवलाई मूलधारमा ल्याइन्छः प्रधानमन्त्री
News Desk
Mar-01 , 2021 तारिख 02:44 बेलुका

काठमाडौं - फागुन १७

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने बताएका छन्।आइतबार झापाको कमल ७ मा नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग चाँडै वार्ता गरिने बताउँदै थपे, ‘यसको घोषणा तपाईंहरूले घरघरमै टिभीमा हेर्न पाउनुहुनेछ ।’

उनले यसबारे प्रकृया चलिरहेको दाबी पनि गरे।ओलीले भने, ‘विकासका क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरिसकेकाले पनि हामी कता जाँदैछौं, देखाएको छ।अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्याको चाँडै समाधान गरिनेछ ।’

दमक, कमल र गौरादहमा बन्ने औद्योगिक पार्क नेपाल र चीनबीचको मित्रताको नयाँ प्रतीकसमेत बन्ने धारणा उनको रहेको आजको नागरिक दैनिकमा खवर छ ।