हिंसा न्यूनीकरण विद्यालयबाटै
News Desk
Mar-01 , 2021 तारिख 02:47 बेलुका

काठमाडौं - फागुन १७

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताएकी छन्।

उनले सामुदायिक विद्यालयमा भएको लगानी अनुसारको प्रतिफल आउने गरी काम गर्नुपर्ने सुझाव पनि दिएकी छन् ।राष्ट्रपति भवनमा आइतबार आयोजित छलफल कार्यक्रममा उनले हिंसा न्यूनीकरण गर्न विद्यालय तहदेखि नै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिईन् ।

सबैका लागि शिक्षाको अवधारणा कार्यान्वयन गर्दै लगानीअनुरूपको प्रतिफल हासिल गर्नुपर्ने पनि उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Related Post