एनआईसी एशिया बैंकको कार्डबाट हुने सेवा मंगलबार बिहान ४ बजेसम्म बन्द रहने
News Desk
Mar-01 , 2021 तारिख 01:48 बेलुका

 

काठमाडौं, १७ फागुन । एनआईसी एशिया बैंकको एटीएम कार्ड, पोस र ई कमर्शबाट हुने सम्पूर्ण कारोबार मंगलबार बिहानसम्म  बन्द हुने भएको छ ।बैंकले एक सूचना जारी गर्दै सोमबार राती ११:४५ देखि मंगलबार बिहानसम्म ४ बजेसम्म उक्त सेवाहरु बन्द हुने जानकारी दिएको हो ।

बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुन लागेको विज्ञप्तिमा उल्लेख छ ।

धेरै पढिएको