रेलमार्गको अध्ययनमै अलमल
News Desk
Mar-04 , 2021 तारिख 01:44 बेलुका

काठमाडौं - फागुन २०

काठमाडौं, निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ-रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि बढ्न सकेको छैन । 

व्यापारिक रुपमा चीन र भारत जोड्ने भएकाले उक्त मार्गलाई महत्त्वपूर्ण रुपमा हेरिए पनि अध्ययनमा अलमल देखिएको हो । 

२०७७ कात्तिकमा भारतले कोभिडको जोखिम भए पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर रक्सौल-काठमाडौँ रेलमार्ग विस्तृत अध्ययन गर्न तयार रहेको जनाउँदै रेल विभागलाई पत्र पठाएको थियो । 

भारतको कोँकण रेलवे कर्पोरेसनले चिठीमार्फत बोलाउनासाथ आउन तयार रहेको जनाएको थियो । उसले अध्ययनमा प्रयोग हुने मेसिन र जनशक्तिको संख्यासमेत पठाएको थियो । तर नेपालमा कोभिडको समय भन्दै आउन अनुमति दिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

Related Post