शान्ति प्रक्रियामा महत्त्पूर्ण उपलब्धि
News Desk
Mar-06 , 2021 तारिख 12:56 बेलुका

काठमाडौं - फागुन २२

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकको शान्ति प्रक्रियामा महत्त्पूर्ण उपलब्धि प्राप्त भएको बताएका छन्। प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि मुलुकको विकास र समृद्धिसमेत नयाँ चरणमा प्रवेश गर्ने बताए ।

द्वाल्खा म्यासमुचा खलकद्वारा राजधानीमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा मन्त्री गुरुङले नेपालीको मुर्छित सपनालाई ब्युँझाएर समृद्धिको यात्रामा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व मुलुकका लागि आवश्यक रहेको चर्चासमेत गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।