डोलेश्वर महादेव दर्शन गर्न आउनेले मास्क लाउनैपर्ने
News Desk
Mar-11 , 2021 तारिख 01:28 बेलुका

भक्तपुर - फागुन २७

भक्तपुर, भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनलाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरको संरक्षण तथा विकास समितिले जनाएको छ।

भक्तजनले सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइन व्यवस्था गरिएको महाशिवरात्री पर्व मूल समितिका संयोजक तथा समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतूले जानकारी दिए। महाशिवरात्रीका सम्पूर्ण तयारी पूरा भएको उनले जनाए। यो वर्षको महाशिवरात्री बिहीबार ९आज० परेको छ।

महाशिवरात्रीका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ। नेपाली सेनाका चिकित्सक र नर्सहरूको स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्ने जनाइएको छ। यस्तै नेपाल रेडक्रस सोसाइटी सिपाडोल

उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिनेछ। समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्न दाउराको व्यवस्था गरेको पनि जनाएको छ। नागरिक दैनिकबाट

Related Post