तोलामा ४ सयले बढ्यो सुनको मूल्य
News Desk
Mar-14 , 2021 तारिख 12:39 बेलुका

काठमाडौं - चैत १

काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा रु. ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापावाल सुन तोलामा रु. ८६ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको हो ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु. ८६ हजार २०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आइतबार तोलामा ८६ हजार १५० मा कारोबार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु. ८५ हजार ७५० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा रु. १ हजार २७० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रासस

धेरै पढिएको