सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत
News Desk
Mar-16 , 2021 तारिख 07:23 बेलुका

काठमाडौं - चैत ३

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो । रासस