News Desk
काठमाडौं - चैत ४
काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । नर्भिक अस्पतालको भेन्टिलेटरमा रहेका उनको पछिल्लो अवस्था गम्भिर रहेको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जनाएका छन् ।
नेता जोशीको ब्रेनमा समस्या रहेको, रक्तचाप न्यून रहेको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको समेत पाण्डेले जनाएका छन । अस्पतालले समेत आज विहान एक विज्ञप्ति जारी गर्दै जोशीलाई भेन्टिलेटरमा नै राखेर उपचार जारी राखिएको जनाएको छ ।
फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।