यातायात व्यवस्था विभागको महानिर्देशकमा घिमिरे
News Desk
Mar-17 , 2021 तारिख 06:22 बेलुका

काठमाडौं - चैत ४

काठमाडौं, यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव नमराज घिमिरे नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो ।घिमिरे यसअघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । घिमिरे १० महिनाअघि मात्र सहसचिवमा बढुवा भएका थिए । दृष्टिबाट

Related Post