ओलीलाई धूलो चटाउँछौंः नेपाल
News Desk
Mar-19 , 2021 तारिख 01:55 बेलुका

काठमाडौं - चैत ६

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नभएको बताएका छन्। उनले ओली प्रवृत्तिसँग हारेर मैदान छाडेर नभाग्ने चेतावनी दिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताए।

एमाले निर्माणमा आफूहरुको रगत, पसिना र बलिदानी रहेको बताउँदै उनले ओलीले आफूहरुलाई सोचेजस्तो सजिलो नभएको बताए । ‘ओली प्रवृत्तिसँग हारेर मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धूलो चटाउँछौं।’ –उनले भने ।आफूहरू नडराउने, नतर्सिने बेग्लै धातुको कम्युनिस्ट भएको भन्दै उनल भने– ‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं । घाँटी छिनाए पनि हाम्रो शिर ठडिरहन्छ, केपी ओलीलाई चुनौती दिइरहन्छौं ।’

नेपालले एमालेभित्रको विवादलाई नेताहरूबीचको लडाइँका रूपमा मात्र नबुझ्न उनको आग्रह रहेको आजको नेपाल समाचार पत्र दैनिकमा खवर छ ।