सर्केगाडमा पशुगणना
News Desk
Mar-19 , 2021 तारिख 04:25 बेलुका

सिमकोट - चैत ६

सिमकोट, हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना शुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो ।

गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिए । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ । रासस

Related Post