महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिदै
News Desk
Mar-19 , 2021 तारिख 06:15 बेलुका

काठमाडौं - चैत ६

काठमाडौं, महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिने भएका छन् । उनले आज पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका हुन् ।

प्रतिनिधि सभा विघटनको सिफारिश गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि खरेल असन्तुष्ट रहँदै आएका थिए । उक्त कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनःस्थापनाको पक्षमा फैसला गरेको थियो ।

खरेलको राजीनामालाई देशको राजनीतिमा कुनै नयाँ घटनाक्रम विकास हुनलागेको रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीमाथि राजीनामाको दबाब बढ्दै गर्दा खरेलले राजीनामाको निर्णय लिन लागेका हुन् ।खरेल अब सक्रिय राजनीतिमा फर्कने बुझिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् ।