अझै आएन कोरोना भत्ता
News Desk
Mar-20 , 2021 तारिख 02:35 बेलुका

वीरगन्ज - चैत ७

वीरगन्ज, वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन्। वीरगन्जस्थित नारायणी अस्पताल र त्यसमातहत सञ्चालन गरिएका कोभिड १९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ताबापतको रकम अस्पतालको खातामा दुई महिनाअगावै पठाएको भए पनि आफूहरूले नपाएको उनीहरूको भनाइ छ। साउनदेखि कात्तिकसम्म चार महिनाको भत्ता नपाएको भन्दै उनीहरू आन्दोलित पनि भएका छन्। उनीहरूले बिहीबार अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। अन्नपूर्ण पोस्ट् दैनिकबाट