राज्य मन्त्री रामविर मान्नधर लगायत, लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ द्धारा सम्मानित
News Desk
Mar-22 , 2021 तारिख 04:14 बेलुका

काठमाडौं - चैत ९ 

काठमाडौँ, शनिबार आयोजीत कार्यक्रममा राज्य मन्त्री रामविर मान्नधर लगायत विभिन्न व्यक्तिहरु लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ द्धारा सम्मानित भएका छन । लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ र एनटरप्रेनर को इनडक्सन, चाटर प्रेजेनटेसन र इन्सटलेसन कार्यक्रम इसमारट प्यालेसमा सम्मपन्न भएको छ। 

कार्यक्रममा राज्य मन्त्री रामविर मान्नधर ज्यूको प्रमुख अतिथि रहेका थिए ।  भने विशिष्ट अतिथिमा ग्याट एरिया लिडर लायन खगेन्द्र सिटौला ज्यू, इन्सटलिङ्ग अफिसर डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ ज्यू, अतिथि ज्यूहरू डिस्ट्रिक फस्ट लेडि लायन मन माया श्रेष्ठ ज्यू, जिएस्टि मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, प्रथम डिस्ट्रिक गभर्नर लायन रेहत बहादुर कार्की ज्यू, दोस्रो डिस्ट्रिक गभर्नर लायन कर्म गुरूङ ज्यू लगायत लायन्सका दिग्गज व्यक्तित्व, लायन लिडर र विभिन्न क्षेत्रबाट पाल्नु हुने अतिथिहरुको भारि उपस्थिति भएका थिए ।

उक्त समारोहमा ४ घन्टामा ५९ गीत गाएर विश्व र्कितिमान राख्न सफल नेपालको राज्य मन्त्री रामविर मान्नधर ज्यूलाई उच्च कदर गर्दै लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथले सम्मान गर्नुका साथै कोराना भाइरसको महामारिमा आफ्न‍ो ज्यानको बाजि लगाएर रात दिन दुःखीका लागि खटिएर उदाहरणीय कार्य गर्नु हुने वरिष्ठ रयापर तथा समाजसेवी निर्णय  श्रेष्ठ, वरिष्ठ पत्रकार कुसुम बर्जचार्य, पत्रकार तथा म‍ोडल शिशिर भण्डारी , समाजिक अभियन्ता विष्णु  प्रसाद पोखरेल र रामकृष्ण सिमखडा , युवा अभियन्ता ववलु गुप्ता नेपाली र सरला पन्ति ज्यहरुको कामक‍ो उच्च कदर गर्दै लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथले सम्मान गरेको छ। 

अन्त्यमा राज्य मन्त्री रामविर मान्नधर ज्यूले लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ परिवारलाई विशेष धन्यवाद दिनुभएको थिए भने समाज र राष्ट्रको लागि उदाहरणीय काम गर्नु भएको र यसका साथै कोराना भाइरसको महामारिमा दिन दुःखीको आशाको किरण बन्न पुगेका यश क्लबका संस्थापक अध्यक्ष गनिका गुरुङ, पूर्व अध्यक्ष अनिल बुर्जा मगर र अध्यक्ष सुजना राईको प्रशंसा गर्दै सम्मान व्यक्त गर्नुभएको छ।

Related Post