सकेट बम सेनाद्वारा निष्क्रिय
News Desk
Mar-22 , 2021 तारिख 05:16 बेलुका

भजनी - चैत ९ 

भजनी, कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो ।

आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको उक्त बम कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक बमले जानकारी दिए । बिहान १० बजे बम निष्क्रिय भएपछि उक्त सडकमा आवागमन नियमित भएको छ । रासस

Related Post