४४ हजारलाई रोजगारी दिईने
News Desk
Mar-23 , 2021 तारिख 01:19 बेलुका

विराटनगर - चैत १०

विराटनगर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रदेश–१ मा ४३ हजार ५०० मानिसलाई स्थायी रोजगारी सृजना गर्ने भएको छ । दशवर्षे यो परियोजना २०७३ देखि लागू भएको छ भने यसबाट प्रदेशमा ८ लाख ७० हजार मानिसले आंशिक रोजगारी पाउनेछन् ।

४ लाख ७१ हजार हेक्टर जमीनबाट वर्षेनि ६६ लाख मेट्रिक टन कृषि उत्पादन हुने उद्देश्यसहित सञ्चालित यो परियोजना सफल सञ्चालन एवं कार्यान्वयनमा दक्ष जनशक्तिको अभाव देखिएको यहाँ आयोजित समीक्षा गोष्ठीमा जानकारी दिइएको छ ।

धान, गहुँ, ओखर, सुन्तला, स्याउ, केरा, आँपजस्ता १५ ओटा बालीको जोन रहेको यस प्रदेशमा कृषिका १५ हजार पकेट क्षेत्र, १ हजार ५०० ओटा ब्लक र ३०० जोन तथा २१ ओटा सुपर जोन छन् । आर्थिक अभियान दैनिकबाट

Related Post