News Desk
काठमाडौं - चैत १४
काठमाडौं, काठमाडौं उपत्यकामा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) जनस्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ। उपत्यकाका अधिकांश भेगमा एक्यूआई तीन सयभन्दा बढी पुगेको छ।
वायु गुणस्तर बिहीबारको तुलनामा शुक्रबार निकै खस्किएको छ। ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंका रत्नपार्क, कीर्तिपुरलगायत भेगमा एक्यूआई बढेको छ।काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्रदूषणको मात्रा भैंसेपाटी र आसपासमा रहेको विभागको तथ्यांक छ। बिहीबार सो भेगमा २४ घण्टाको एक्यूआई २३६ थियो। ‘
जनस्वास्थ्यका दृष्टिले एक्युआई ५० देखि सयसम्मलाई सामान्य मान्ने गरिन्छ। एक्युआई दुई सयभन्दा बढी नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन। बिहीबार भक्तपुरमा एक्यूआई २ सय ७ थियो, कीर्तिपुरमा १ सय ९९ र रत्नपार्कमा १ सय ८३ थियो।
उपत्यकाबाहिर सिमरा र सौराहमा एक्यूआई निकै बढेको वातावरण विभागले जनाएको छ। सिमरामा एक्यूआई ३ सय ४८ र सौराहको २ सय ८२ रहेको विभागको तथ्यांक रहेकोे आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।