सांसद दवाडीको समाजसेवा ः क्रियाखर्च देखि खाद्यान्न वितरणसम्म
News Desk
Mar-28 , 2021 तारिख 12:40 बेलुका

 

गोरखा, १४ चैत । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले समाजसेवालाई निरन्तरता दिएका छन् । 

गोरखा क्षेत्र नं २ प्रदेश ९ख० बाट प्रतक्ष्य निर्वाचित सांसद दवाडीले जिल्लाका विभिन्न ठाउँमा पुगेर गाउँघरको समस्या बुझ्ने समाजसेवामा सक्रिय भएका छन् । 

सांसद दवाडी आज पालुङटार नगरपालिकाको सिस्नेरी पुगेर स्व शिवराम विश्वकर्माको परिवारलाई क्रियाखर्च हस्तान्तरण गरेका छन् । उनले विश्वकर्माको परिवारलाई रु ७ हजार हस्तान्तरण गरेका हुन् । 

यस्तै, सांसद दवाडीले आजै बारपाक सुलिकोट गाउँपालिका ३ गनमाङको एक परिवारलाई खाद्यान्न र बालबालिकालाई कलम कापी  सहयोग गरेका छन् । उनले गनमाङ आइतवीर गुरुङको पाँच जनाको  विपन्न परिवारलाई उक्त सहयोग गरेका हुन् । यस्तै उहाँले बारपाक सुलिकोट गाउँपालिका ३ गनमाङ बस्तीमा २५ थान कुर्चीसमेत वितरण गर्नुभएको छ । 

सांसद दवाडीले प्रदेशसभा सांसद भएवापत आउने आफ्नो सम्पूर्ण सेवा र सुविधा गोरखाको समाजसेवामा खर्च गर्दै आएका छन् । उनले गोरखाका ग्रामीण भेगमा पुगेर त्यहाँका समस्या बुझ्दै समस्या परेकालाई सक्दो सहयोग गर्दै आएका छन् ।

Related Post