पहिलो चरणमा वितरण गरिएको पानी नपिउन केयुकेएलको आग्रह
News Desk
Mar-29 , 2021 तारिख 12:36 बेलुका

काठमाडौं - चैत १६

काठमाडौं, मेलम्चीको पानी ल्याएर काठमाडौंका बासिन्दालाई खुवाउने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना २१ वर्षपछि बल्ल पूरा भएको छ। महांकालस्थित पानी ट्यांकीबाट चाबहिल र महांकाल क्षेत्रमा आइतबार मेलम्चीको पानी वितरण गरिएको छ। वितरणसँगै उपत्यकावासीले दुई दशकदेखि देख्दै आएको मेलम्ची सपना सार्थक बनेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतका ट्यांकीहरूमा मेलम्चीको पानी भरिएको छ। मीनभवन, अनामनगर, खुमलटार, पानीपोखरी, बालाजु, बाँसबारीलगायत क्षेत्रमा सोमबार पानी वितरण हुनेछ। पहिलो दिन आइतबार साढे चार करोड लिटर पानी वितरण गरिएकोमा सोमबारदेखि साढे आठ करोड लिटर वितरण हुनेछ। परीक्षणका लागि पहिलो चरणमा वितरण गरिएको पानी नपिउन केयुकेएलले आग्रह गरेको नागरिक दैनिकमा खवर छ ।

Related Post