सबै उडान रद्द
News Desk
Mar-29 , 2021 तारिख 12:42 बेलुका

पोखरा - चैत १६

पोखरा, वायु प्रदूषणका कारण भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान तीनदिनदेखि प्रभावित भएको छ। आइतबार पनि भिजिबिलिटी नपुग्दा यहाँबाट हवाई उडान हुन सकेन। आइबार तय गरिएका ३२ वटै हवाई उडान रद्द भए।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार भिजिबिलिटी नपुग्दा शुक्रबार पनि चारवटा उडान रद्द भएका थिए। शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएकोमा ती सबै रद्द भएका थिए।तारा एयरलाइन्सले आइतबार जोमसोमका लागि ५ वटा उडान तय गरेको थियो। यतीले काठमाडौंका लागि ९ र सिमराका लागि एउटा उडान तय गरेकोमा सबै रद्द भए। नागरिक दैनिकबाट

Related Post