भोलिबाट चार दिन विद्यालय बन्द
News Desk
Mar-29 , 2021 तारिख 06:45 बेलुका

काठमाडौं - चैत १६

काठमाडौं, भोलिबाट चार दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण भोलिबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय बैठकबाट यस्तो निर्णय भएको पुष्टि गरेको छ ।

सरकारको यो निर्णयसँगै यो हप्ता विद्यालयहरु नखुल्ने भएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वायु प्रदूषणका कारण विरामी परेपछि बन्द गर्ने दबाब परेको थियो । विशेषगरी बालबालिकाहरु प्रदूषणका कारण विरामी पर्न थालेका छन् । बलबालिकामा रुघाखोकीको समस्या बढी देखिएको छ । अस्पतालहरुमा बालबालिकाको चाप बढेको छ ।

Related Post