रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल
News Desk
Mar-30 , 2021 तारिख 05:27 बेलुका

कैलाली - चैत १७

कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।  उच्च रक्तचाप लगायतका रोगले ग्रसित उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनले लामो सयमदेखि रक्तचापको औषधि खाइरहेका थिए । उनी नेकपा (एमाले) को तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती रहेका छन् । रासस

Related Post