सुनको मूल्य तोलामा ९ सय बढ्यो
News Desk
Apr-01 , 2021 तारिख 06:05 बिहान

काठमाडौं चैत १९

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९ सय  रुपैयाँ बढेर तोलामा ८६ हजार ५ सय  रुपैयाँमा कारोबार भएको हो । तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

धेरै पढिएको