राष्ट्रिय जनगणना तथ्यपरक बनाउन माग
News Desk
Apr-03 , 2021 तारिख 08:38 बिहान

काठमाडौं - चैत २१ 

काठमाडौं, आगामी २०७८ सालको राष्ट्रिय जनगणनालाई तथ्यपरक र उपलब्धिमूलक बनाउन सरोकारवालाले माग गरेका छन्। जनगणनाको तयारीस्वरूप बिहीबार गाईघाटमा आयोजित ‘राष्ट्रिय जनगणना ०७८ जिल्लास्तरीय सचेतना गोष्ठी’ का सहभागीले देश संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना भएकाले यसलाई वस्तुपरक बनाउनुपर्नेमा जोड दिएका हुन्।

जिल्ला समन्वय समिति उदयपुरको सभाकक्षमा आयोजित गोष्ठीमा जिल्ला तथ्यांक शाखा उदयपुरका प्रमुख तथा जिल्ला जनगणना अधिकारी शिवनारायण महतोले राष्ट्रिय जनगणनाको इतिहास, महत्व, उद्देश्य, उपादेयता, तयारी तथा सम्भावित परिणामलगायत विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए। नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ।

आगामी जनगणना तथ्यपरक, वस्तुवादी र वैज्ञानिक बनाउँदै भविष्य निर्माणको आधारस्तम्भ बनाउने उद्देश्यले ‘राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६’ जारी गरिएको थियो। जस अनुसार सामुदायिक प्रश्नावलीको प्रयोग, सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको उपयोग, ९ महिनाभित्रै तथ्यांकीय प्रतिवेदन सार्वजनिक गर्ने योजना छ। नागरिक दैनिकबाट

Related Post