शैलेस कुमार मिश्रको नयाँ गीत बजारमा आउदै
News Desk
Apr-04 , 2021 तारिख 09:47 बिहान

काठमाडौं - चैत २२

काठमाडौं, पहिलो आधुनिक गीत"मुटु मात्र साथमा छ" को अपार सफलता पछि गायक शैलेस कुमार मिश्र लोक आधुनिक शैलीको गीत "रूप रैछ ज्योति झैं टल्कने, औंसीमा नि झलल झल्कने" बोलको रोमान्टिक गीत लिएर दर्शक स्रोता माझ ल्याउदै छन् । नयाँ गीत रेकर्ड गराउँदै गायक मिश्रले गीतको म्युजिक भिडियो सहित छिट्टै बजारमा ल्याउने बताउनु भयो । युगल स्वरमा रहेको गीतमा नारायण थापा"कल्पीत" को शब्द रचना, दिपक रमणको संगित, सञ्जय हमालको एरेन्ज रहेकोछ भने महिला आवाज गायिका शान्ती थापाको रहेको छ । 

जागिरे ब्यस्त जीवन आफ्नोे ठाउँमा छ तर पनि आफ्नो गायन कलालाई थोरै भए पनि समय निकालेर नेपाली गीतको यल्बम नै निकाल्ने योजनामा रहनुभएको गायक शैलेस कुमार मिश्र लोक, आधुनिक, पप जस्ता प्राय: सबै किसिमको नेपाली गीतहरू गाउन सकिन्छ भन्ने आत्मविश्वास रहेको कुरा समाचार युनिटलाई बताउनु भयो । अहिलेको गीत पहिलेको भन्दा निखारिएको र फरक शैलीमा भएकोले गीत राम्रो बन्नेमा ढुक्क छन् गायक मिश्र । 

Related Post