ऐतिहासिक इँटा फेला पर्यो
News Desk
Apr-04 , 2021 तारिख 11:17 बिहान

वीरगञ्ज -  चैत २२

वीरगञ्ज, पुरातत्व विभाग काठमाडौँले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो ।

सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए । उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुनसकेको छैन । रासस

Related Post