आज सुन प्रतितोला ८७ हजार २ सयले कारोबार
News Desk
Apr-05 , 2021 तारिख 11:08 बिहान

काठमाडौं - चैत २३

काठमाडौं,  आइतबार स्थिर रहेको सुनको मुल्य आज घटेको छ । सोमबार (आज) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन आज ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ । चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।