अज्ञात समूहले विद्यालयमा लगाएको ताला प्रहरीले तोड्यो
News Desk
Apr-05 , 2021 तारिख 11:19 बिहान

सिमकोट - चैत २३

सिमकोट, हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ । बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहले थप एक एक ताला लगाएको जनाइएको छ ।

गाउँटोल नजिकै भएकाले बेला बेलामा हेर्दा शनिबारसम्म ताला नलगाएको भए पनि शनिबार राति वा आइतबार बिहान कुन समयमा र कसले लगायो भन्ने जानकारी नहुँदा प्रहरीलाई खबर गरेको वडा नं २ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक र गल्फागाड प्रहरीचौकी श्रीनगरको टोलीको रोहवरमा ताला तोडिएको थियो । रासस

Related Post