उखु किसानले अझै पाएनन् पूरा भुक्तानी
News Desk
Apr-07 , 2021 तारिख 08:39 बिहान

काठमाडौं - चैत २५

काठमाडौं, उखु किसानले उद्योगीहरूबाट पाउनुपर्ने पूरा भुक्तानी अझैसम्म पाएका छैनन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश अग्रवालले किसानले अझै पूर्णरूपमा भुक्तानी नपाएको दाबी गरे ।

किसानहरू बक्यौता रकम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा चाँडोभन्दा चाँडो भुक्तानी हुने आशामा बसेको भन्दै उनले वैशाखसम्म पनि भुक्तानी नभए आन्दोलनका लागि पुनः काठमाडौं आउने बताए । किसानले अझै करीब २० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट