सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्रीको निर्देशन
News Desk
Apr-07 , 2021 तारिख 03:35 बिहान

काठमाडौं - चैत २५

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन गरेर आत्मनिर्भर हुन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७७र७८ मा रक्षा मन्त्रालयबाट सञ्चालित विकास तथा आयोजनाको दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को सङ्क्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढी र किल्लाहरूको संरक्षणमा सेनाले खेलेको भूमिकाको प्रशंसा गरे।

उनले नेपाली सेनालाई सैनिक कल्याणकारी कोषको थप उपयोग गर्न निर्देशन दिए। प्रधानमन्त्री ओली हाल मुलुकमा आगलागी नियन्त्रणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र विश्वभर शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरी मुलुकको प्रतिष्ठा र छवि उँचो बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकका लागि अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न राष्ट्रिय सेवा दललाई सुदृढीकरण गर्न, बङ्करदेखि व्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। नागरिक दैनिकबाट

धेरै पढिएको