दोस्रो विश्वयुद्ध लडेका नरनाथ घिमिरेको नजरमा राणा शासन
News Desk
Apr-10 , 2021 तारिख 10:14 बिहान

 

काठमाण्डौं-नरनाथ घिमिरे नेपालका सम्मानित ज्येष्ठ नागरिक हुन । हाल उनी ९३ वर्ष पुरा भईसकेका छन् ।  चैत्र २८ गते उनको जन्मदिन पर्न गएको छ । जीवनका लामो आरोह अबरोह उकाली ओराली पार गरिसकेका नरनाथ जीवनमा एउटै कुरा भन्ने गर्दछन् सकारात्मक सोचबाट मात्र राष्ट्र बन्न सक्दछ । उनी ज्येष्ठ नागरिक मात्र होईनन्, समाजसेवी पनि हुन् । हालसम्म सकेसम्म समाजमा केहि न केहि रुपमा योगदान दिन पछि परेका छैनन् । उनले नेपालमा रहेर समाजमा महत्वपुर्ण योगदान दिए वापत विभिन्न संस्था तथा निकायहरुबाट सम्मान तथा कदरपत्रहरु प्राप्त गरेका छन । पूर्वी नेपालको भोजपुर जिल्लाको दि¨ला पाएखामा वि.स १९८४ मा उनको जन्म भएको थियो । उनी चरम गरिबीका कारण बाल्यकालमा विदेशिन पुगे, भारतीय सैनिकमा भर्ति भई करिब ३२ वर्ष भन्दा बढि सेवा गर्न पुगे । भारतीय सैनिकमा सिपाही पदबाट क्याप्टेन पदमा पुगे । वि.स. २०४० सालमा सेवार्निवृत भएपछि आफ्नै गृहस्थान धरान, मुनालचौकमा स्थायीरुपमा बसोबास गर्दै आईरहेका छन् । उनी संग नेपाल र भारतको सर्घषका लामो ईतिहास छ । उनले आफूले देखेको र अनुभव गरेको राणा शासनका बारेमा यसरी भन्छन् ।


राणा शासन एकदमै कठोर थियो । नियम कानून सोचे भन्दा कडा थियो । तर जसरी राणा शासनको बारेमा गलत कुप्रचार गरिएको छ, त्यसो चै थिएन । उनीहरुको शासन व्यवस्था अहिलेका शासक झै लथालिं¨ थिएन । बेतिथी थिएन । उनीहरुको बोलीमा वजन थियो, बोल्दैनन् थिए तर भित्रभित्रै काम गर्दथे । संचारको माध्यम थिएन, उनीहरुले आफ्ना कामलाई जनतासामु ल्याउन सक्तैनन् थिए । ठुलालाई चैन, सानालाई ऐन थिएन जस्तो लाग्दथ्यो । नराम्रो काम गर्ने आफ्नै मान्छे भए पनि उनीहरुलाई बा“की राख्दैनन् थिए । ठुला पदमा बसेका राणा पदाधिकारीहरुलाई पनि दण्डित गरेको सुनिन्थ्यो । नियमकानुनदेखि सबै डराउ“थे । त्यस समय नेपालमा मात्र नभएर भारतवर्ष लगायत विश्वमा नै निरंकुश शासनले जरो गाडेको थियो । विकसित देशमा समेत प्रजातन्त्र थिएन, भए पनि नाम मात्रको थियो ।


राणा शासनकालिन समाजमा जातपात र छुवाछुतको भेदभाव व्याप्त थियो । समाजमा जार काट्ने चलन थियो । अर्काको स्वास्नी भगाएर लाने पुरुषलाई जार भनिन्थ्यो । पुर्वपतिले जार मारेमा कारण सहित सम्बन्धित निकायमा उजुरी दिनुपर्दथ्यो, सर्जिवन हुन्थ्यो, कारण मुनासिफ देखिएमा माफी हुन सक्थ्यो । कि त जारले ठुलै रकम क्षतिपुर्ति वापत पुर्व पतिलाई भराई सन्तुष्ट पार्नुपर्दथ्यो । विवाहित स्त्रीलाई परपुरुषले कुदृष्टिले हेर्न सक्तैन थियो । अर्काको पत्नी लैजान कानूनबाट बर्जित थियो । प्रस¨ वि.स १९९९ सालको हो । म पल्टनबाट छुट्टिमा घर दि¨ला आएको थिए । गाउ“मा हर्षमान राई याक्खाको विवाह धुमधामसंग चलिरहेको थियो । अनायसै म पनि विवाहमा सामेल हुन पुगेछु, विवाहको भोज खान पुगेछु । उ पहिले नै विवाहित रहेछ, घरमा ३ जना भन्टया¨ भुन्टु¨ रहेछन् । पछि थाहा भयो उ जार कटुवा रहेछ । सम्झेर मननै अमिलो भएर आयो । कसरी भर्खरै जार काटेर त्यहि स्थानमा धुमधामसंग पन्चेबाजा बजाएर विवाह गर्न सकेको होला ? आफैलाई प्रश्न गरे । 


तत्कालिन श्री ३ जुद्धशमशेरले वि.स १९९७ मा चार जना होनहार नेपाली युवालाई मृत्युदण्डको सजाय“ दिएका थिए, जसलाई हामी चार शहिद भन्ने गर्दछौ । विश्व परिपेशमा त्यतिबेला दोश्रो विश्वयुद्धको बिजारोपण भएको थियो । ब्रिटिसहरुले पनि आफ्ना विरोधीहरुलाई सफाया गर्थे, विरोधीहरुलाई राष्ट्रद्रोहीको आरोप लगाएर मृत्युदण्डको सजाय“ दिन ब्रिटिशहरु माहिर थिए । त्यहि सिको राणाहरुले पनि गरेका थिए । फरक यति मात्र हो ब्रिटिसहरु सबै भारतीयहरुलाई एउटै बास्केटमा राख्थे, राणाहरुले नागरिकलाई फरक फरक बास्केटमा राख्थे । 


तराईमा औलो लाग्थ्यो । मानिस लेक लेकमा बस्थे । औलो लागेमा मानिस मर्दथे । डरले कोही पनि हत्तरपत तराई झर्दैनन् थिए । प्रायः सबैको पेशा कृषि तथा पशुपालननै थियो । भोजपुरेहरुको नुनतेल लुगाफाटा किन्ने थलो धरान थियो । मईले देखेको धरान पनि जंगलामुलुक थियो । फुस्रे र पुरानो बजार प्रमुख व्यापारिक मार्ग थिए । गरिबीले आक्रान्त भएर होला मानिसहरु कि लाहुर जान्थे, कि आसाम, बर्मा र भुटान भासिन्थे । अहिले विकसित देशहरु गन्तव्य भए जस्तै त्यो बेला नेपालीहरुको गन्तव्य थिए ती मुलुकहरु । लाहुर गएकाहरु फर्केर आउथे तर मुङलाङ गएकाहरु कमै फर्कन्थे जसरी अहिले विकसित देशमा गएका युवाहरु विरलै फर्कन्छन । मुङलाङ गएकाहरु मध्ये कतिको त लास र सांसको ठेगाना सम्म लाग्दैन थियो । मेरा दुई जना काका आसाम भासिए, उतै हराए सधैका लागि । देशमा सर्वसाधारण जनताले जागिर पाउंदैनन थिए । देशमा युवावर्गको मनोविज्ञान पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ । तर अहिले परिस्थिती परिर्वतन भईसकेको छ, देशका युवाहरु देशमा रहेर गर्न सक्ने प्रशस्त ठाउ“हरु छन, मात्र लगन र मिहेनतको खा“चो छ ।  


प्रस¨ वि.स १९९० सालको हो । म छ वर्षको थिए । दिउ“सोको समय थियो । आमा ढिकिजा“तो गर्दै हुनुहुन्थ्यो, बुवा परेवाको बच्चा लिन गाउ“ जानु भएको थियो । दिउ“सोको समय भए पनि घाम लाग्न सकेको थिएन । मौसम धुम्म र उराढ लाग्दो थियो । हिड्ने बेलामा आमाले भन्नु भयो “गोठ सफा गरेर सोतर हाल्नुपर्छ, ए सा“ची साईला पेट दुख्यो मात्र भन्छ, केहि खा“दैन । रोई मात्र रहन्छ । यसो ओखतीमुलो खोजेर ल्याउनु होला ।” बुवाले भन्नु भएछ, “माथि बिजुवाकामा ओखती खोजेर ल्याउ“छु, अनि एक जोडी परेवाको बच्चा पनि । शान्तीको दुत परेवा जो पाल्नु छ घरमा । पखेटा लागे पछि त भुरुरु उडेर गईहाल्छन छिमेकका ग“ुडतिर ।” म आ“गनमा लडिबुडि गर्दै थिए । एकैछिनमा मैले देखे वरिपरी कालोमैलो । वस्तुभाउहरु डा डा डु डु घर फर्कन थाले । मेरो वरिपरी सबै हल्लिन थाल्यो, म त्यसै त जमिनमा उत्तानो परेर लडिरहेको थिए । आमा काम गरेकै ठाउ“मा थचक्क बस्न पुग्नु भएछ । बारीका कागती तथा भोगटेका बोटका टुप्पाहरुले जमिन छुन थाले । ठुला सुन्तलाका बोटका टुप्पाले जमिन छुन थाले । कौसिमा राखिएका पाकेका फर्सिहरु जमिनमा झरे, आमा कराउनु भो “म¥यो होला मेरा बाबै ।”  मैले देखे मेरा वरिपरी झरेर सिसा जस्तै फुटेका फर्सिहरु, अरु पनि धेरै चिज झरेका थिए मेरा वरिपरी सम्झना छैन । म लडेको ठाउ“बाट उठ्ने प्रयास गरिरहे । घरै लड्यो होला गरलम्मै । घर भित्र रहेका दाजै दिदीहरु किचिए होलान । गोठ लड्यो होला गरलम्मै, वस्तुभाउहरु किचिए होलान । आमा आत्तिनु भयो । तर कसरी होला वहा“ पछाडिबाट आएर मलाई च्याप्प पक्रेर घोप्टो पर्नु भएछ । आमाको काख र साथ पाएर म सुरक्षित भए । मलाई थाहा भएन, किन जमिन हल्लिएको हो तै पनि म रोईरहेको थिए । आमाको काख र साथ पाएर म रुन छाढे । आमा सबै चिज छाढेर, सबैको माया मारेर मलाई कुखुराले चल्ला झोपे झै छोप्नु भयो । वि.स २०४३ सालमा आमा थला परी मृत्युशैयामा अन्तिम सा“स लिदै भन्नुभयो “साईला ९० सालको भुईचालो त तलाई सम्झना छ नी ।” थाहा थिएन आमाले किन त्यो वाक्य उच्चारण गर्नुभएको होला † त्यसपछि त वहांको वाक्य सधैका लागि बन्द भयो । 


मेरा हजुरबुवाको नाम रामनाथ घिमिरे हो । म साना छंदा हाम्रो घरजग्गा त्यस भेगका एक जमिन्दारले हड्पेर हामीलाई पाटीको बास लगाएको म बिर्सन्न । जग्गा जोत्न दिईएन, दिनह“ुको धम्की र खप्की खानुप¥यो । बुवा अत्यन्त्तै सोझो हुनुहुन्थ्यो । हजुरबुवाले रोईकराई गर्दा घरजग्गा प्राप्त गर्न सक्नु भएन । भोजपुर गएर उजुरबाजुर गरियो तै पनि केहि नतिजा हात परेन । एक दिन सखारै हजुरबुवा केहि नबोली हामीलाई छाढेर काठमाण्डौतिर लाग्नु भयो । त्यस बखत काठमाण्डौ पुग्न पैदलयात्रा करिब १३ दिन जति लाग्थ्यो । वहा“ काठमाण्डौमा रानीपोखरीदेखि अलि मास्तिर रहेको तिनधारा संस्कृत पाठशाला स्थित धर्मशालामा बस्नु भएको थियो रे । एकाविहानै सिंहदरबार छिरी श्री ३ महाराजको हजुरमा विन्तिपत्र चढाउनु भएछ । के कसरी बिन्ति चढाउनु भो कुनी श्री ३ महाराज पग्लिएछन्, उनले तत्कालै दौडाहा र सिपाईहरु हजुरबुवासाथ लगाएर पठाएछन् । दौडाहा टोलीले गाउ“मा आएर जग्गा नापनक्शा र सर्जिवन गरेछ र स्रेस्तासंग भिडाएर हेरेछ । अन्तत्वगोत्व टोलीले गैरकानूनी ढंगले घरजग्गा हड्पेको मुचुल्का उठाएछ र सोही अनुरुपको फैसला गर्दै जमिन्दार र उनका मतियारहरुलाई पक्रन्दै कोर्रा लगाई १५ दिनसम्म बाख्राका खोरभित्र थुनेर राखिएछ । त्यो घट्नाले डा“डाका“डा हल्लिएछ र त्यस घटना पश्चात दिङ्लामा ठुलाठालुले कमजोर वर्ग माथि अन्याय अत्याचार गर्ने दुस्साहस गर्न छाढेछन । 


राणाकालमा सामन्यतया कसैले मान्छे मारेमा त्यस व्यक्तिलाई पनि त्यहि ठाउ“मा लगि उसले जसरी मारेको थियो त्यसै गरी मारिन्थ्यो । गाउ“मा एकपटक भिमेश्वर कट्टुवालले नर बहादुर कार्कीलाई रिसईबीका कारण सालभञ्जयां¨मा उत्तिसको रुख मुनि खुकुरी हानेछ, बिचरा नर बहादुर ठाउ“का ठाउ“ भएछन । पछि भिमेश्वरलाई पनि सालभञ्जयां¨मा उत्तिसको रुख मुनि लगि छप्काईयो । त्यो घटना म जीवनमा कहिलै बिर्सन्न । ठुला या राज्यको अपराधीलाई फलामे तारको पिंजडामा हाली बोकेर काठमाण्डौ ल्याईन्थ्यो । पिंजडालाई त्यसताका पिंरुगा भन्ने गरिन्थ्यो । पिंजडालाई लामो र बलियो लाठोले उचालेर दुवैतिर मान्छेहरुले पालैपालो बोक्दै भोजपुरबाट करिब १३।१४ दिन लगाएर काठमाण्डौ ल्याईथ्यो । एउटा गाउ“का मानिसहरुले बोकेर अर्को गा“उ पुराउथे र त्यस गा“उका मानिसहरुले फेरि बोकेर अर्को गा“उ कटाउथे । बाटोमा पर्ने गाउ“का श्रमिकहरु प्रयोग गर्दै एवं क्रम पिंजडा काठमाण्डौ आईपुग्थ्यो । गा“उलेहरुले श्रमदान दिन्थे बदलामा उनीहरुले कुनै ज्याला पाउदैनन् थिए । त्यस विषयमा बोल्न कसैले आ“ट गर्दैनन् थिए, बोलेमा सजाय पाईन्छ भन्ने डर थियो । राणाहरुले भित्रभित्रै के कति अपराध गर्थे कुनी समाजमा केहि पनि चुहिन्दैन थियो, शिक्षा र चेतनाको कमी थियो । संचार थिएन । देशमा नियम कानून कडा भएको आभास हुन्थ्यो, अहिले जस्तो दण्डहिनताको अवस्था थिएन त्यो बेला । शासनसत्ता विरोधीहरुलाई दण्डित गरिन्थ्यो । अहिले जस्तो नियमकानूनको उपहास र खिल्ली उडाउन कसैले सक्तैनन् थिए ।
प्रस¨ वि.स २००३ सालको हो । बुवा र साहिंला काका नुन, तेल, लत्ताकपडा लिन धरानतिर झर्नुभएछ । त्यसताका तमोर नदिमा झुलु¨े पुल हाल्ने कार्य जोडतोडले चलिरहेको रहेछ । त्यहा“ केहि सैनिकहरुलाई पनि खटाईएको रहेछ । सैनिकले बुवा र काकालाई च्याप्प पक्रिएछन् र पुल आयोजनाको काममा करिब एक महिनासम्म खटाएछन् । काम गरे वापत विहान बेलकी खान दिईन्थ्यो । सुत्न टेण्ट गाडिएको थियो सबै ढाक्रेहरुलाई एकै ठाउ“मा कोचिन्थ्यो । बाटो हिड्ने जति सबैलाई जबरजस्ती काममा लगाईन्थ्यो, नजिक बस्ती थिएन । वरिपरी अज¨का पहाडहरु मात्र देखिन्थे । बाटामा ढाक्रेहरु पातला हिड्थे । काका स्वयं पाके हुनुहुन्थ्यो । करिब एक महिना काम गरेपछि बोकेको सामुल तामुल सबै सिद्धिएछ –चामल, गुन्द्रुक, आलु, भुटुन, नुन आदि । वहा“हरु बेखर्चि हुनु भएछ । करिब एक महिनापछि एक सैनिक अधिकृतले तिमीहरुको काम सकियो अब यहा“बाट जान सक्छौ भनेछ । ज्याला हातमा एक सुका पनि लागेन । घर फर्किने खर्च पनि थिएन । जसोतसो वहा“हरु मधेश छिर्नु भएछ र तिन महिना जति धान र खर काट्ने काममा लाग्नु भएछ । अलिकति पैसा हात पारी धरान आएर केहि सरसामान किनेर पहाड चढ्नु भयो । तराई रहंदा बुवालाई औलोले समाई सकेको रहेछ । घर पुगे पछि वहा“ ईन्तु न चिन्तु भई ओच्छयानमा थला पर्नु भयो र करिब एक वर्ष जति वहा“ ओच्छयानबाट उठ्न सक्नु भएन ।

'राणाहरु जनतालाई सपना बांडदैनन् थिए, थोरै मात्र विकास निर्माणको काम गर्थे र गरेको कामको प्रचारप्रसार गर्दै पनि हिड्दैनन् थिए । उनीहरुको बोलीमा वजन हुन्थ्यो । शायद त्यसैले होला ब्रिटिसहरुबाट राणाहरुको वृत्तान्त र राज्यसत्ता बारेमा धेरै कितावहरु लेखिएका छन । केहि किताबहरु भारतमा हिन्दीमा पनि अनुवाद गरिएको मईले पढेको थिए, पुस्तकमा उनीहरु राणा शासनका बारे नराम्रो पक्ष भन्दा बढी राम्रो पक्षको चर्चा गरेको मईले पाए ।' 


प्रस¨ वि.स २००७ सालको हो । नेपालमा एतिहासिक परिवर्तन भएको वर्ष । भारत ब्रिटिसबाट स्वतन्त्र भयो । नेपालमा प्रजातन्त्रको लहर घर घरमा चल्न शुरु ग¥यो । म परदेशबाट छुट्टी लिएर घर आए र प्रजातन्त्रको लडाईमा होमिए । प्रजातन्त्रको लडाईका लागि नेपाली कांग्रेसको अगुवाईमा गठित मोर्चामा सामेल भई जुलुस तथा भेलामा निर्वाध हिड्न थाले । मेरो कार्यस्थल आफ्नै भोजपुर दिङ्ला रह्यो । ग्रामिण भेगका मानिसहरुलाई प्रजातन्त्रबारे सुसूचित गर्ने र उनीहरुलाई विभिन्न जुलुस तथा भेलाका लागि उत्प्रेरित गर्ने कार्यमा अग्रसर भए । हलो जोत्ने र कुटो गोदालो गर्ने हातहरु भोकभोकै नाङ्गा खुट्टा लिएर घर बाहिर निस्के र मुठ्ठी कसेर नाराजुलुस लगाउन थाले । शहरबाट त कहा“ प्रजातन्त्र आएको थियो र † वास्तविक प्रजातन्त्र त गाउ“का कुना कन्दराबाट आएको थियो । त्यसबेला सम्पूर्ण जनमत नै गाउ“मा थियो नी । शहरमा त कति नै मानिस थिए र † जे होस वि.स २००७ सालमा देशमा प्रजातन्त्र आएरै छाढ्यो । राणाहरु पराजित भए । सर्वसाधारणहरु एकातिर प्रजातन्त्रको हर्षोउल्लास मनाईरहेका थिए भने अर्कोतिर केहि टोलीहरुले अकल्पनिय रुपमा लुटतन्त्रको ताण्डव मच्चाउन थाले । ती गठबन्धनहरु कांग्रेसको नाममा घरघरमा गई खाधन्न लुट्न थाले–भकारीका धान, चामलका बोरा, मकैका झुत्ता केहि बा“की राखेनन् । गोठबाट दुहुना गाईभैसी तथा खोरबाट बाख्रापाठा समेत घिसार्दै लगेको देखिन्थ्यो । जनताले राजा गुहारे, राजा त्रिभुवनले मकर बहादुर वान्तवाको नेतृत्वमा एक समिती गठन गरी लुटेका सम्पत्तिहरु छानविन गर्ने र फिर्ता गर्ने अभियानको शुरुवात भयो । म पनि त्यस समितीमा सदस्यको रुपमा कार्यरत रहे । धमाधम लुटेराहरु पक्राउ गर्न थालियो । म तिन महिना जति त्यस संगठनमा आबद्ध भई गाउ“गाउ“ गई लुटेराहरुको खोजी गर्ने, पक्रने र उनीहरुबाट सम्पत्ति फिर्ता लिने अभियानमा दिनरात जुटे । म संग मेरा मित्र शमशेर गुरुङ पनि थिए । मकर बहादुर वान्तवा दि¨ला बजारमा बस्थे, हामी लुटेरा पक्रेर दि¨ला ल्याउथ्यौ । हामीलाई पुलिस प्रशासनले साथ दिएको थियो । असली काग्रेस हामी थियौ । लुटेराहरु नक्कली कांगे्रस साबित भए । ती मानिसहरु भाग्यमानी थिए जसले लुटेको धनसम्पत्ति फिर्ता पाए । धेरैको धनसम्पत्ति फिर्ता भएन कारण लुटेराहरु नै पत्तो लगाउन सकिएन । या पत्तो लागेको व्यक्तिहरु पनि सक्कली साबित भएनन् । भनिन्छ नी “हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु । लुटेको धनमा फुपुको श्राद्ध, कहा“ सजिलै भेट्न सकिएला र †” पंचायतकालमा रिष उठेको मान्छेलाई गाली गर्नुछ भने तेरो घरमा कांग्रेस पसोस भन्ने गरेको सुनिन्थ्यो । 


दोश्रो विश्वयुद्ध पश्चात भारतमा ब्रिटिसको बर्चश्व दिन प्रति दिन कमजोर हुदै गईरहेको थियो भने नेपालमा राणाहरुको मनोबल क्रमशः घट्दै गईरहेको थियो । जब भारत स्वतन्त्र भयो र ब्रिटिसहरुले भारत सधैका लागि छाढे नेपालमा राणाहरु रानो नभएको मौरी झै भए किनकी नेपालमा राणाहरु बिरुद्ध चर्को आन्दोलन उर्लिसकेको थियो र त्यसमा तत्कालिन भारतको पूर्ण समर्थन थियो । ब्रिटिसको भारतबाट निर्वासन संगै ब्रिटिस पल्टनहरु टुटे, केहि पल्टन भारतिय सेनामा गाभिए तर अधिकांस पल्टन रहेनन् र त्यहां कार्यरत सैनिकको जागिर खोसियो । जागिर खोसिएका लाखौ नेपालीहरु स्वदेश फर्किए । भुतपुर्व सैनिकहरु नेपाली कांग्रेसमा सामेल भई राणाविरुद्धको आन्दोलनमा होमिए । यदि राणा सरकारले भारतबाट आएका ती भुतपुर्व सैनिकहरुलाई रणनीतिकरुपमा नेपाली सेनामा सामेल गरेका भए या उनीहरुलाई राज्यको तर्फबाट प्रयोग गरेका भए अवश्यपनि राणाहरु बलिया हुन सक्थे । तर राणाहरुले त्यसो गरेनन् । राणा सैनिक तथा प्रहरीहरुमा समय सापेक्ष ट्रेनि¨को अभाव थियो, परम्परागत हतियारका भरमा थिए उनीहरु । साथै उनीहरुको मनोबल उच्च थिएन किनकी सम्पूर्ण जनता र राजदरबार नै राणासत्ताको विरुद्धमा थिए । 


राणा शासनका धेरै कमजोरीहरु थिए । सबै भन्दा ठुलो कमजोरी राज्यसत्तामा जनताको प्रतिनिधित्व थिएन । जनताका छोराले जागिर पाउंदैनन् थिए । पढ्ने सुविधा थिएन । बोल्ने र लेख्ने स्वतन्त्रता थिएन । यद्धपी केहि राम्रा पक्षहरु पनि थिए । उनीहरु आफ्नोपनलाई माया गर्थे । राणाका दरबारहरु बेलायती शैलीमा निर्माण गरे पनि विदेशीलाई बनाउन लगाउदैनन् थिए, आफै बनाउथे, स्वदेशी श्रमिकनै प्रयोग गरिन्थ्यो । अन्य विकास निर्माणका काममा पनि उनीहरु विदेशबाट सिप सिकेर आउ“थे तर आफै बनाउ“थे । वि.स १९९० सालको भुईचालोमा लडेको धरहरा ६ महिनाभित्र बनाईदिन्छु भनि बेलायती सरकारले प्रस्ताव ल्यायो तर राणाहरुले २ वर्ष लगाएर आफ्नै प“ुजी र श्रम खर्चेर धरहरा पुनः निर्माण गरेको सुनेको थिए । अरुले दिएको खानु चुत्थो काम हो भन्ने उनीहरुको सोच थियो, त्यसैले विदेशीबाट मागेर खादैनन् थिए । राणा शासनकालमा उनीहरुले थोरै विकास गरे तर विदेशबाट कुनै पनि एड तथा ऋण लिएनन् । नेपालीको टाउकोमा एक पैसा पनि वैदेशिक ऋण थिएन । देश कृषिमा आत्मानिर्भर थियो । नेपालबाट अनाजहरु भारत निर्यात हुन्थ्यो । सबै भन्दा राम्रो पक्ष भनेको समाजमा अनुशासन थियो, नियमकानुनको सबैले परिपालना गर्थे । सजाय“ र दण्डबाट कोही पनि उम्कन पाउ“दैन थियो । राणाहरु जनतालाई सपना बांडदैनन् थिए, थोरै मात्र विकास निर्माणको काम गर्थे र गरेको कामको प्रचारप्रसार गर्दै पनि हिड्दैनन् थिए । उनीहरुको बोलीमा वजन हुन्थ्यो । शायद त्यसैले होला ब्रिटिसहरुबाट राणाहरुको वृत्तान्त र राज्यसत्ता बारेमा धेरै कितावहरु लेखिएका छन । केहि किताबहरु भारतमा हिन्दीमा पनि अनुवाद गरिएको मईले पढेको थिए, पुस्तकमा उनीहरु राणा शासनका बारे नराम्रो पक्ष भन्दा बढी राम्रो पक्षको चर्चा गरेको मईले पाए । 

(यस सामाग्री अशोक घिमिरेको सहयोगमा तयार पारिएको हो)

Related Post