दोस्रो विश्वयुद्ध लडेका नरनाथ घिमिरेको नजरमा राणा शासन
News Desk
Apr-10 , 2021 तारिख 11:29 बिहान


-अशोक घिमिरे

नरनाथ घिमिरे नेपालका सम्माननिय ज्येष्ठ नागरिक हुन। हाल उनी ९३ वर्ष पुरा भईसकेका छन्। यहि चैत्र २८ गते उनको जन्मदिन पर्न गएको छ ।जीवनका लामो आरोह अबरोह उकाली ओराली पार गरिसकेका नरनाथ जीवनमा एउटै कुरा भन्ने गर्दछन् ।  सकारात्मक सोचबाट मात्र राष्ट्र बन्न सक्दछ।उनी ज्येष्ठ नागरिक मात्र होईनन्, समाजसेवी पनि हुन्। हालसम्म सकेसम्म समाजमा केहि न केहि रुपमा योगदान दिन पछि परेका छैनन्।उनले नेपालमा रहेर समाजमा महत्वपुर्ण योगदान। पूर्वी नेपालको भोजपुर जिल्लाको दिङ्गला पाए खामा वि। स १९८४ मा उनको जन्म भएको थियो।उनी चरम गरिबीका कारण बाल्यकालमा विदेशिन पुगे, भारतीय सैनिकमा भर्ति भई करिब ३२ वर्षभन्दा बढि सेवा गर्नपुगे।भारतीय सैनिकमा सिपाही पदबाट क्याप्टेनपदमा पुगे। वि। स। २०४० सालमा सेवार्निवृत भएपछि आफ्नै गृहस्थान धरान, मुनालचौकमा स्थायी रुपमा बसोबास गर्दै आईरहेका छन्।उनीसंग नेपालर भारतको सर्घष कालामो ईतिहांस छ। उनले आफूले देखेको र अनुभव गरेको राणाशासनका बारेमा यसरी भन्छन्।

राणाशासन एकदमै कठोर थियो। नियम कानून सोचेभन्दा कडा थियो। तर जसरी राणाशासनको बारेमा गलत कुप्रचार गरिएको छ, त्यसोचै थिएन।उनीहरुको शासन व्यवस्था अहिलेका शासक झै लथालिंग थिएन। बेतिथी थिएन। उनीहरुको बोलीमा वजन थियो, बोल्दैनन्थिए तर भित्रभित्रै काम गर्दथे।


राणाशासन एकदमै कठोर थियो। नियम कानून सोचेभन्दा कडा थियो। तर जसरी राणाशासनको बारेमा गलत कुप्रचार गरिएको छ, त्यसोचै थिएन।उनीहरुको शासन व्यवस्था अहिलेका शासक झै लथालिंग थिएन। बेतिथी थिएन। उनीहरुको बोलीमा वजन थियो, बोल्दैनन्थिए तर भित्रभित्रै काम गर्दथे।संचारको माध्यम थिएन, उनीहरुले आफ्ना कामलाई  ।ठुलालाई चैन, सानालाई ऐन थिएन जस्तो लाग्दथ्यो।नराम्रो काम गर्ने आफ्नै मान्छे  उनीहरुला ईबांकी राख्दैनन्थिए। ठुठुला पदमा बसेका राणा पदाधिकारीहरु लाई पनि दण्डित गरेको सुनिन्थ्यो। नियम कानुनदेखि सबै डराउंथे।त्यस समय नेपालमा मात्र नभएर भारतवर्ष लगायत विश्व मानै निरंकुश शासनले जरो गाडेको थियो। विकसित देशमा समेत प्रजातन्त्र थिएन, भए पनि नाम मात्रको थियो।

'राणा शासनकालिन समाजमा जातपात र छुवाछुतको भेदभाव व्याप्त थियो । समाजमा जार काट्ने चलन थियो । अर्काको स्वास्नी भगाएर लाने पुरुषलाई जार भनिन्थ्यो । पुर्वपतिले जार मारेमा कारण सहित सम्बन्धित निकायमा उजुरी दिनुपर्दथ्यो, सर्जिवन हुन्थ्यो, कारण मुनासिफ देखिएमा माफी हुन सक्थ्यो । कि त जारले ठुलै रकम क्षतिपुर्ति वापत पुर्व पतिलाई भराई सन्तुष्ट पार्नुपर्दथ्यो ।'

राणा शासन कालिन समाजमा जातपा तर छुवाछुतको भेदभाव व्याप्त थियो।समाजमा जारकाट्ने चलन थियो।

राणा शासन कालिन समाजमा जातपा तर छुवाछुतको भेदभाव व्याप्त थियो।समाजमा जारकाट्ने चलन थियो।अर्काको स्वास्नी भगाएर लाने पुरुषलाई जार भनिन्थ्यो। पुर्व पतिले जार मारेमा कारणसहित सम्बन्धित निकायमा उजुरी दिनुपर्दथ्यो, सर्जिवन हुन्थ्यो, कारण मुनासिफ देखिएमा माफी हुन सक्थ्यो। कित जारले ठुलै रकम क्षतिपुर्ति वापत पुर्व पतिलाई भराई सन्तुष्ट पार्नुपर्दथ्यो। विवाहित स्त्रीलाई परपुरुषले कुदृष्टिले हेर्न सक्तैन थियो।अर्काको पत्नी लैजान कानूनबाट बर्जित थियो। प्रसंग वि। स १९९९ सालको हो। मपल्टन बाट छुट्टिमा घर दिङ्गला आएको थिए।गाउंमा हर्षमान राई याक्खाको विवाह धुमधाम संग चलिरहेको थियो। अनायसैम पनि विवाहमा सामेल हुन पुगेछु, विवाहको भोज खान पुगेछु।उपहिलेनै विवाहित रहेछ, घरमा ३ जना भन्टयाङ्ग भुन्टुङ्ग रहेछन्। पछि थाहा भयो उ जार कटुवा रहेछ। सम्झेर मननै अमिलो भएर आयो।कसरी भर्खरै जार काटेर त्यहि स्थानमा धुमधाम संग पन्चेबाजा बजाएर विवाह गर्न सकेको होलारु आफैलाई प्रश्न गरे
तत्कालिन श्री३ जुद्धशमशेरले वि ।स १९९७ मा चार जना होनहार नेपाली युवालाई मृत्युदण्डको सजायं दिएका थिए, जसलाई हामी चार शहिद भन्ने गर्दछौ।विश्व परिपेशमा त्यतिबेला दोश्रोविश्वयुद्धको बिजारोपण भएको थियो। ब्रिटिसहरुले पनि आफ्ना विरोधीहरुलाई सफाया गर्थे, विरोधीहरुलाई राष्ट्रद्रोहीको आरोप लगाएर मृत्युदण्डको सजायं दिन ब्रिटिशहरु माहिर थिए। त्यहि सिको राणाहरुले पनि गरेका थिए।फरक यति मात्र हो ब्रिटिसहरु सबै भारतीयहरुलाई एउटै बास्केटमा राख्थे, राणाहरुले नागरिकलाई फरक फरक बास्केटमा   राख्थे।

'अहिले विकसित देशहरु गन्तव्य भए जस्तै त्यो बेला नेपालीहरुको गन्तव्य थिए ती मुलुकहरु । लाहुर गएकाहरु फर्केर आउथे तर मुङलाङ गएकाहरु कमै फर्कन्थे जसरी अहिले विकसित देशमा गएका युवाहरु विरलै फर्कन्छन ।'
तराईमा औलो लाग्थ्यो। मानिस लेक लेकमा बस्थे। औलो लागेमा मानिस मर्दथे। डरले कोही पनि हत्तरपत तराई झर्दैनन्थिए।प्रायःसबैको पेशा कृषि तथा पशुपालन नै थियो। भोजपुरेहरुको नुन तेल लुगाफाटा किन्नेथलो धरान थियो। मईले देखेको धरान पनि जंगल मुलुक थियो।फुस्रे र पुरानो बजार प्रमुख व्यापारिक मार्ग थिए। गरिबीले आक्रान्त भएर होला मानिसहरु कि लाहुर जान्थे, कि आसाम, बर्मार भुटान भासिन्थे।अहिले विकसित देशहरु गन्तव्य भए जस्तै त्योबेला नेपालीहरुको गन्तव्य थिए ती मुलुकहरु।लाहुर गएकाहरु फर्केर आउथे तर मुङलाङ गएकाहरु कमै फर्कन्थे जसरी अहिले विकसित देशमा गएका युवाहरु विरलै फर्कन्छन। मुङलाङ गएकाहरु मध्ये कतिको त लास र सांसको ठेगाना सम्म लाग्दैन थियो। मेरा दुई जनाका आसाम भासिए, उतैहराए सधैका लागि। देशमा सर्वसाधारण जनताले जागिर पाउंदैनन थिए। देशमा युवावर्गको मनोविज्ञान पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ।तर अहिले परिस्थिती परिर्वतन भईसकेको छ, देशका युवाहरु देशमा रहेर गर्न सक्ने प्रशस्त ठाउंहरु छन, मात्र लगन र मिहेनतको खांचो छ।

मेरो वरिपरी सबै हल्लिन थाल्यो, म त्यसैत जमिनमा उत्तानो परेर लडिरहेको थिए। आमा काम गरेकै ठाउंमा थचक्क बस्न पुग्नु भएछ।बारीका कागती तथा भोगटेका बोटका टुप्पाहरुले जमिन छुन थाले। ठुला सुन्तलाका बोटका टुप्पाले जमिन छुन थाले। कौसिमा राखिएका पाकेका फर्सिहरु जमिनमा झरे, आमा कराउनुभो “मर्यो होला मेरा बाबै।” मैले देखे मेरा वरिपरी झरेर सिसा जस्तै फुटेका फर्सिहरु, अरुपनि धेरै चिज झरेका थिए मेरा वरिपरी सम्झना छैन।म लडेको ठाउंबाट उठ्ने प्रयास गरिरहे। घरै लड्यो होला गरलम्मै।


प्रसंग वि। स १९९० सालको हो। म छ वर्षको थिए।दिउंसोको समय थियो। आमा ढिकि जांतो गर्दै हुनुहुन्थ्यो, बुवा परेवाको बच्चा लिन गाउं जानु भएको थियो। दिउंसोको समय भएपनि घाम लाग्न सकेको थिएन। मौसम धुम्म र उराठ लाग्दो थियो। हिड्ने बेलामा आमाले भन्नुभयो “गोठसफा गरेर सोतर हाल्नुपर्छ, एसांची साईला पेट दुख्यो मात्र भन्छ, केहि खांदैन। रोई मात्र रहन्छ। यसो ओखती मुलो खोजेर ल्याउनु होला।” बुवाले भन्नु भएछ, “माथि बिजुवाकामा ओखती खोजेर ल्याउंछु, अनि एकजोडी परेवाको बच्चा पनि। शान्तीको दुत परेवा जो पाल्नुछ घरमा।पखेटा लागे पछि त भुरुरु उडेर गईहाल्छन छिमेकका गुंडतिर।” म आंगनमा लडिबुडि गर्दै थिए। एकै छिनमा मैले देखे वरिपरी कालोमैलो। वस्तु भाउहरु डाडा डुडु घर फर्कन थाले।मेरो वरिपरी सबै हल्लिन थाल्यो, म त्यसैत जमिनमा उत्तानो परेर लडिरहेको थिए। आमा काम गरेकै ठाउंमा थचक्क बस्न पुग्नु भएछ।बारीका कागती तथा भोगटेका बोटका टुप्पाहरुले जमिन छुन थाले। ठुला सुन्तलाका बोटका टुप्पाले जमिन छुन थाले। कौसिमा राखिएका पाकेका फर्सिहरु जमिनमा झरे, आमा कराउनुभो “मर्यो होला मेरा बाबै।” मैले देखे मेरा वरिपरी झरेर सिसा जस्तै फुटेका फर्सिहरु, अरुपनि धेरै चिज झरेका थिए मेरा वरिपरी सम्झना छैन।म लडेको ठाउंबाट उठ्ने प्रयास गरिरहे। घरै लड्यो होला गरलम्मै। घरभित्र रहेका दाजैदिदीहरु किचिए होलान। गोठ लड्यो होला गरलम्मै, वस्तुभाउहरु किचिए होलान। आमा आत्तिनुभयो। तर कसरी होला वहां पछाडिबाट आएरमलाई च्याप्प पक्रेर घोप्टो पर्नुभएछ। आमाको काखर साथ पाएर म सुरक्षित भए। मलाई थाहा भएन, किन जमिन हल्लिएको हो तैपनि म रोईरहेको थिए। आमाको काख र साथ पाएर म रुन छाढे। आमा सबै चिज छाढेर, सबैको माया मारेर मलाई कुखुराले चल्ला झोपेझै छोप्नु भयो।वि। स २०४३ सालमा आमा थला परी मृत्यु शैयामा अन्तिम सांस लिदै भन्नुभयो “साईला ९० सालको भुईचालो त तलाई सम्झना छनी।” थाहाथिएन आमाले किन त्योवाक्य उच्चारण गर्नुभएको होला त्यसपछित वहांको वाक्य सधैका लागि बन्द भयो।


मेरा हजुरबुवाको नाम रामनाथ घिमिरे हो। म साना छंदाहा म्रो घर जग्गा त्यसभेगका एक जमिन्दार ले हड्पेर हामीलाई पाटीको बास लगाएको म बिर्सन्न।जग्गा जोत्न दिईएन, दिनहुंको धम्की र खप्की खानुप¥यो। बुवा अत्यन्त्तै सोझो हुनुहुन्थ्यो। हजुरबुवाले रोईकराई गर्दा घर जग्गा प्राप्त गर्न सक्नु भएन।भोजपुर गएर उजुर बाजुर गरियो तैपनि केहि नतिजा हात परेन। एकदिन सखारै हजुरबुवा केहि नबोली हामी लाई छाढेर काठमाण्डौतिर लाग्नु भयो।त्यस बखत काठमाण्डौ पुग्न पैदल यात्रा करिब १३।१४ दिन लाग्थ्यो।वहां काठमाण्डौमा रानीपोखरी देखि अलि मास्तिर रहेको तिनधारा संस्कृत पाठशाला स्थित धर्मशालामा बस्नुभएको थियोरे। एकाविहानै सिंहदरबार छिरी श्री३महाराजको हजुर माविन्ति पत्र चढाउनु भएछ।के कसरी बिन्ति चढाउनुभो कुनी श्री३महाराज पग्लिएछन्,  उनले तत्कालै दौडाहा रसिपाईहरु हजुरबुवा साथल गाएर पठाएछन्।दौडाहा टोलीले गाउंमा आएर जग्गा नापनक्शार सर्जिवन गरेछ र स्रेस्ता संग भिडाएर हेरेछ।अन्तत्व गोत्व टोलीले गैरकानूनी ढंगले घर जग्गा हड्पेको मुचुल्का उठाएछ र सोहीअनुरुपको फैसला गर्दै जमिन्दार र उनका मतियारहरुलाई पक्रन्दै कोर्रा लगाई १५ दिनसम्म बाख्राका खोर भित्र थुनेर राखिएछ।त्यो घट्नाले डांडाकांडा हल्लिएछ र त्यस घटना पश्चात दिङ्गलामा ठुलाठालुले कमजोर वर्ग माथि अन्याय अत्याचार गर्ने दुस्साह सगर्न छाढेछन।


'राणाकालमा सामन्यतया कसैले मान्छे मारेमा त्यस व्यक्तिलाई पनि त्यहि ठाउमा लगि उसले जसरी मारेको थियो त्यसै गरी मारिन्थ्यो । गाउँमा एकपटक भिमेश्वर कट्टुवालले नर बहादुर कार्कीलाई रिसईबीका कारण सालभञ्जयां¨मा उत्तिसको रुख मुनि खुकुरी हानेछ, बिचरा नर बहादुर ठाउँका ठाउँ भएछन । पछि भिमेश्वरलाई पनि सालभञ्जयागंमा उत्तिसको रुख मुनि लगि छप्काईयो ।'

राणाहरुले भित्र भित्रै के कति अपराध गर्थे कुनी समाजमा केहि पनि चुहिन्दैन थियो, शिक्षा र चेतनाको कमी थियो। संचार थिएन।देशमा नियम कानून कडा भएको आभास हुन्थ्यो, अहिले जस्तो दण्डहिनता को अवस्था थिएन त्योबेला। शासन सत्ता विरोधीहरुलाई दण्डित गरिन्थ्यो।अहिले जस्तो नियम कानूनको उपहास र खिल्ली उडाउन कसैले सक्तैनन्थिए।


राणाकालमा सामन्यतया कसैले मान्छे मारेमा त्यस व्यक्तिलाई पनि त्यहि ठाउंमा लगि उसले जसरी मारेको थियो त्यसैगरी मारिन्थ्यो।गाउँमा एकपटक भिमेश्वर कट्टुवालले नरबहादुर कार्कीलाई रिसईबीका कारण सालभञ्जयांगमा उत्तिसको रुखमुनि खुकुरी हानेछ, बिचरा नरबहादुर ठाउंका ठाउं भएछन।पछि भिमेश्वरलाई पनि सालभञ्जयांगमा उत्तिसको रुखमुनि लगि छप्काईयो। त्यो घटनाम जीवनमा कहिलै बिर्सन्न।ठुलाया राज्यको अपराधीलाई फलामे तारको पिंजडामा हाली बोकेर काठमाण्डौ ल्याईन्थ्यो। पिंजडालाई त्यसताका पिंरुगा भन्ने गरिन्थ्यो।पिंजडालाई लामोर बलियो लाठोले उचालेर दुवैतिर मान्छेहरुले पालै पालो बोक्दै भोजपुरबाट करिब १३।१४ दिनलगाएर काठमाण्डौ ल्याईथ्यो।एउटा गाउंका मानिसहरुले बोकेर अर्को गाउँ पुराउथे र त्यस गाउँका मानिसहरुले फेरि बोकेर अर्को गाउँ कटाउथे। बाटोमा पर्ने गाउंका श्रमिकहरु प्रयोग गर्दै एवंक्रम पिंजडा काठमाण्डौ आईपुग्थ्यो।गाउंलेहरुले श्रमदान दिन्थे बदलामा उनीहरुले कुनै ज्याला पाउदैनन्थिए। त्यसविषयमा बोल्न कसैले आंट गर्दैनन्थिए, बोलेमा सजाय पाईन्छ भन्ने डर थियो।राणाहरुले भित्र भित्रै के कति अपराध गर्थे कुनी समाजमा केहि पनि चुहिन्दैन थियो, शिक्षा र चेतनाको कमी थियो। संचार थिएन।देशमा नियम कानून कडा भएको आभास हुन्थ्यो, अहिले जस्तो दण्डहिनता को अवस्था थिएन त्योबेला। शासन सत्ता विरोधीहरुलाई दण्डित गरिन्थ्यो।अहिले जस्तो नियम कानूनको उपहास र खिल्ली उडाउन कसैले सक्तैनन्थिए।


प्रसंग वि। स २००३ सालको हो। बुवा र साहिंला काका नुन, तेल, लत्ता कपडा लिन धरान तिरझर्नु भएछ।त्यसताका तमोर नदिमा झुलुंगे पुल हाल्ने कार्य जोडतोडले चलिरहेको रहेछ। त्यहां केहि सैनिकहरुलाई पनि खटाईएको रहेछ।सैनिकले बुवा र काकालाई च्याप्पप क्रिएछन्र पुल आयोजनाको काममा करिब एकमहिना सम्म खटाएछन्। काम गरेवापत विहान बेलकी खान दिईन्थ्यो। सुत्न टेण्ट गाडिएको थियो सबै ढाक्रेहरुलाई एकैठाउंमा कोचिन्थ्यो।बाटो हिड्ने जति सबैलाई जबरजस्ती काममा लगाईन्थ्यो, नजिक बस्ती थिएन। वरिपरी अजंगका पहाडहरु मात्र देखिन्थे। बाटामा ढाक्रेहरु पातला हिड्थे।काका स्वयंपाके हुनुहुन्थ्यो। करिब एकमहिना काम गरेपछि बोकेको सामुलतामुल सबै सिद्धिएछ –चामल, गुन्द्रुक, आलु, भुटुन, नुन आदि। वहांहरु बेखर्चि हुनुभएछ। करिब एक महिना पछि एक सैनिक अधिकृतले तिमीहरुको काम सकियो अब यहांबाट जान सक्छौ भनेछ। ज्याला हातमा एक सुका पनि लागेन। घर फर्किने खर्च पनि थिएन। जसोतसो वहांहरु मधेश छिर्नुभएछ र तिन महिना जति धान र खर काट्ने काममा लाग्नुभएछ।अलि कति पैसा हात पारी धरान आएर केहि सरसामान किनेर पहाड चढ्नुभयो। तराई रहंदा बुवालाई औलोले समाईसकेको रहेछ।घर पुगेपछि वहांईन्तुन चिन्तु भई ओच्छयानमा थलापर्नुभयो र करिब एक वर्ष जति वहां ओच्छयानबाट उठ्न सक्नु भएन।

राणा शासनका धेरै कमजोरीहरु थिए । सबै भन्दा ठुलो कमजोरी राज्यसत्तामा जनताको प्रतिनिधित्व थिएन । जनताका छोराले जागिर पाउंदैनन् थिए । पढ्ने सुविधा थिएन । बोल्ने र लेख्ने स्वतन्त्रता थिएन । यद्धपी केहि राम्रा पक्षहरु पनि थिए । उनीहरु आफ्नोपनलाई माया गर्थे ।


प्रसंग वि ।स २००७ सालको हो। नेपालमा एतिहासिक परिवर्तन भएको वर्ष। भारत ब्रिटिस बाट स्वतन्त्र भयो।नेपालमा प्रजातन्त्रको लहर घरघरमा चल्न शुरुगर्यो। म परदेशबाट छुट्टीलिएर घर आएर प्रजातन्त्रको लडाईमा होमिए।प्रजातन्त्रको लडाईका लागि नेपाली कांग्रेसको अगुवाईमा गठित मोर्चामा सामेल भई जुलुस तथा भेलामा निर्वाध हिड्न थाले। मेरो कार्यस्थल आफ्नै भोजपुर दिङ्गला रह्यो।ग्रामिण भेगका मानिसहरुलाई प्रजातन्त्र बारे सुसूचित गर्ने र उनीहरुलाई विभिन्न जुलुस तथा भेलाका लागि उत्प्रेरित गर्ने कार्यमा अग्रसर भए।हलो जोत्ने र कुटो गोदालो गर्ने हातहरु भोकभोकै नाङ्गा खुट्टा लिएर घरबाहिर निस्केर मुठ्ठी कसेर नारा जुलुस लगाउन थाले। शहरबाट तकहां प्रजातन्त्र आएको थियो र।वास्तविक प्रजातन्त्रत गाउंका कुनाकन्दराबाट आएको थियो। त्यसबेला सम्पूर्ण जनमत नै गाउंमा थियोनी। शहरमा तकतिनै मानिस थिएर १ जेहोस वि ।स २००७ सालमा देशमा प्रजातन्त्र आएरै छाढ्यो।राणाहरु पराजित भए। सर्वसाधारणहरु एकातिर प्रजातन्त्रको हर्षो उल्लास मनाईरहेका थिए भने अर्कोतिर केहि टोलीहरुले अकल्पनिय रुपमा लुटतन्त्रको ताण्डव मच्चाउन थाले। ती गठबन्धनहरु कांग्रेसको नाममा घरघरमा गई खाधन्न लुट्न थाले –भकारीका धान, चामलकाबोरा, मकैकाझुत्ता केहिबांकी राखेनन्।गोठबाट दुहुना गाईभैसी तथा खोरबाट बाख्रापाठा समेत घिसार्दै लगेको देखिन्थ्यो।जनताले राजा गुहारे, राजा त्रिभुवनले मकर बहादुर वान्तवाको नेतृत्वमा एक समिती गठन गरी लुटेका सम्पत्तिहरु छान विनगर्ने र फिर्ता गर्ने अभियानको शुरुवात भयो। म पनि त्यससमितीमा सदस्यको रुपमा कार्यरत रहे।धमाधम लुटेराहरु पक्राउ गर्न थालियो। म तिन महिना जति त्यस संगठनमा आबद्ध भई गाउंगाउं गई लुटेराहरुको खोजी गर्ने, पक्रने र उनीहरुबाट सम्पत्ति फिर्ता लिने अभियानमा दिनरात जुटे। म संग मेरा मित्र शमशेर गुरुङ पनि थिए। मकरबहादुर वान्त वा दिङ्गला बजारमा बस्थे, हामी लुटेरा पक्रेर दिङ्गला ल्याउथ्यौ। हामीलाई पुलिस प्रशासनले साथ दिएको थियो। असली काग्रेस हामी थियौ। लुटेराहरु नक्कली कांगे्रस साबित भए।ती मानिसहरु भाग्यमानी थिए जसले लुटेको धन सम्पत्ति फिर्ता पाए। धेरैको धन सम्पत्ति फिर्ता भएन कारण लुटेराहरु नै पत्तो लगाउन सकिएन।यापत्तो लागेको व्यक्तिहरु पनि सक्कली साबित भएनन्। भनिन्छनी “हुलमुलमा जिउ जोगाउनु, अनि कालमा बिउजोगाउनु। लुटेको धन माफुपुको श्राद्ध, कहां सजिलै भेट्न सकिएला र १”पंचायत कालमा रिष उठेको मान्छेलाई गाली गर्नुछ  भने तेरो घरमा कांग्रेस पसोस भन्ने गरेको सुनिन्थ्यो।


राणा शासनका धेरै कमजोरीहरु थिए । सबै भन्दा ठुलो कमजोरी राज्यसत्तामा जनताको प्रतिनिधित्व थिएन । जनताका छोराले जागिर पाउंदैनन् थिए । पढ्ने सुविधा थिएन । बोल्ने र लेख्ने स्वतन्त्रता थिएन । यद्धपी केहि राम्रा पक्षहरु पनि थिए । उनीहरु आफ्नोपनलाई माया गर्थे ।
दोश्रो विश्वयुद्ध पश्चात भारतमा ब्रिटिसको बर्चश्वदिन प्रतिदिन कमजोर हुदैगईरहेको थियो भने नेपालमा राणाहरुको मनोबल क्रमशःघट्दै गईरहेको थियो।जबभारत स्वतन्त्र भयो र ब्रिटिसहरुले भारत सधैका लागि छाढे नेपालमा राणाहरु रानो नभएको मौरी झै भए किनकी नेपालमा राणाहरुबिरुद्ध चर्को आन्दोलन उर्लिसकेको थियो र त्यसमा तत्कालिन भारतको पूर्ण समर्थन थियो। ब्रिटिसको भारतबाट निर्वासन संगै ब्रिटिस पल्टनहरु टुटे, केहि पल्टन भारतिय सेनामा गाभिए तर अधिकांस पल्टन रहेन न्रत्यहां कार्यरत सैनिकको जागिर खोसियो। जागिर खोसिएका लाखौ नेपालीहरु स्वदेश फर्किए।भुतपुर्व सैनिकहरु नेपाली कांग्रेसमा सामेल भई राणाविरुद्धको आन्दोलनमा होमिए।यदि राणासरकारले भारतबाट आएका ती भुतपुर्व सैनिकहरुलाई रणनीतिक रुपमा नेपाली सेनामा सामे लगरेका भएयाउनीहरुलाई राज्यको तर्फबाट प्रयोग गरेका भए अवश्यपनि राणाहरु बलिया हुनसक्थे। तर राणाहरुले त्यसो गरेनन्। राणा सैनिक तथा प्रहरीहरुमा समय सापेक्ष ट्रेनिंगको अभाव थियो, परम्परागत हतियारका भरमा थिए उनीहरु।साथै उनीहरुको मनोबल उच्च थिएन किनकी सम्पूर्ण जनता र राजदरबार नै राणा सत्ताको विरुद्धमा थिए।

'केहि किताबहरु भारतमा हिन्दीमा पनि अनुवाद गरिएको मईले पढेको थिए, पुस्तकमा उनीहरु राणाशासनका बारे नराम्रो पक्षभन्दा बढी राम्रो पक्षको चर्चा गरेको मईले पाए।'


राणाशासनका धेरै कमजोरीहरु थिए। सबैभन्दा ठुलो कमजोरी राज्य सत्तामा जनताको प्रतिनिधित्व थिएन। जनताका छोराले जागिर पाउंदैनन्थिए।पढ्ने सुविधा थिएन। बोल्ने र लेख्ने स्वतन्त्रता थिएन। यद्धपी केहि राम्रा पक्षहरु पनि थिए। उनीहरु आफ्नो पनलाई माया गर्थे।राणाका दरबारहरु बेलायती शैलीमा निर्माण गरेपनि विदेशीलाई बनाउन लगाउदैनन्थिए, आफै बनाउथे, स्वदेशी श्रमिक नै प्रयोग गरिन्थ्यो।अन्य विकास निर्माणका काममा पनि उनीहरु विदेशबाट सिप सिकेर आउंथे तर आफै बनाउंथे।वि ।स १९९० सालको भुईचालोमा लडेको धरहरा ६ महिनाभित्र बनाईदिन्छु भनि बेलायती सरकारले प्रस्ताव ल्यायो तर राणाहरुले २ वर्ष लगाएर आफ्नै पुंजी र श्रम खर्चेर धरहरा पुनःनिर्माण गरेको सुनेको थिए।अरुले दिएको खानु चुत्थो काम हो भन्ने उनीहरुको सोच थियो, त्यसैले विदेशीबाट मागेर खादैनन्थिए। राणाशासन कालमा उनीहरुले थोरै विकास गरे तर विदेशबाट कुनै पनि एडतथा ऋण लिएनन्। नेपालीको टाउकोमा एक पैसा पनि वैदेशिक ऋण थिएन। देश कृषिमा आत्मा निर्भर थियो। नेपालबाट अनाजहरु भारत निर्यात हुन्थ्यो।सबैभन्दा राम्रो पक्ष भनेको समाजमा अनुशासन थियो, नियम कानुनको सबैले परिपालना गर्थे। सजायं र दण्डबाट कोही पनि उम्कन पाउंदैन थियो।राणाहरु जनतालाई सपना बांडदैनन्थिए, थोरैमात्र विकास निर्माणको काम गर्थे र गरेको कामको प्रचार प्रसार गर्दै पनि हिड्दैन न्थिए। उनीहरुको बोलीमा वजन हुन्थ्यो। शायदत्यसैले होला ब्रिटिसहरुबाट राणाहरुको वृत्तान्तर राज्य सत्ताबारेमा धेरै कितावहरु लेखिएकाछन। केहि किताबहरु भारतमा हिन्दीमा पनि अनुवाद गरिएको मईले पढेको थिए, पुस्तकमा उनीहरु राणाशासनका बारे नराम्रो पक्षभन्दा बढी राम्रो पक्षको चर्चा गरेको मईले पाए।

(लेखक घिमिरे कवि एवं साहित्यकार हुन् )

Related Post