४ सयले घट्यो सुनको मुल्य
News Desk
Apr-11 , 2021 तारिख 11:31 बिहान

काठमाडौं - चैत २९

काठमाडौं, केही दिन यता बढेको सुनको मुल्य आज भने ओरोलो लागेको छ ।  आज ४ सय रुपैयाँले सुनको मुल्य ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा खरिदबिक्रि भएको थियो । शुक्रबार ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

 चाँदी आज ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।