प्राचार्य कुट्नेलाई कारबाही माग
News Desk
Apr-13 , 2021 तारिख 08:58 बिहान

बारा - चैत ३१ 

बारा, जिल्लाको आदर्श कोतवाल गाउँपालिको च्युटाहास्थित रामचरित्र माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूले प्राचार्य दिनेश साहलाई कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा घेराउ गरेका छन्।

उनीहरूले प्राचार्य साहलाई कुटपिट गरेको भन्दै विद्यालय व्यवस्थापन समिति सदस्य रूपेन्द्र कुशवाहालाई कारबाहीको माग गरेका हुन्। कुशवाहा आइतबार प्रचार्य साहमाथि हातपात गरेका थिए। विद्यालयका टेबुल, शैक्षिक सामग्री तोडफोड गर्ने र प्राचार्यलाई हातपात गर्नेलाई बारा प्रहरीले कारबाही गर्न आलटाल गरिरहेकाले प्रहरी कार्यालय घेराउ गर्नुपरेको शिक्षकहरूले बताए।

शिक्षकलाई कुट्ने आरोप लागेका रूपेन्द्र कुशवाहालाई आइतबारदेखि नै बारा प्रहरीले नियन्त्रणमा राखेको त्यहाँका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए। एक पक्षले कुशवाहाले प्राचार्य साहलाई कुटपिट नगरेको दाबी गरेका छन् भने अर्को पक्षले कुशवाहाले नै प्राचार्य साहलाई हातपात गरेको जिकिर गरेको शाहीको भनाइ छ। नागरिक दैनिकबाट

Related Post