चिडियाखानामा एक्लै रमाउन थाल्यो बर्दियाबाट ल्याइएको पाटेबाघ
News Desk
Apr-15 , 2021 तारिख 09:26 बिहान

काठमाडौं - बैशाख २

काठमाडौं, करिब  १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ  सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाको 'रेडिमेड’ मासुमा चाँडै रमाउन थालेको  छ । चिडियाघरको पाहुना र माउन  थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ । गैँडा  गणनामा संलग्न हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएपछि बेहोश गरेर यहाँ ल्याइएको यो बाघ सदर  चिडियाखानामा बस्न थालेको एक साता पुगेको    छ । 

बर्दियाबाट सडकमार्ग  हुँदै ललितपुर जावलाखेलस्थित सदरचिडियाखाना पु¥याएकै  दिन भोको पेटमा तीन केजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित  खाएको सिकार जस्तै मीठो स्वाद मानेर खाला भन्ने  चिडियाखानाका  कर्मचारीलाई विश्वास लागेको थिएन  ।  

तर, यो बाघलेजङ्गली सिकार र 'रेडिमेड’ सिकारमा गन्ध थाहा  नपाएझैँ गरेर र खाएको देखेपछि  कर्मचारी पनि अचम्ममा परेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

Related Post