आज सुनको मुल्य ३ सयले बढ्यो
News Desk
Apr-15 , 2021 तारिख 12:20 बेलुका

काठमाडौं - बैशाख २

काठमाडौं, चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ । तेजाबी सुन प्रतितोला आज ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ । मंगलबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२ सय ९० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।